© 2026
काठमाडौं, १५ साउन ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्।
गत प्रतिनिधिसभाकाे निर्वाचनमा अर्घाखाँचीकाट निर्वाचित रायमाझीलाइ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाे भन्दै काठमाडौं जिल्ला अदालतले गत असार १ गते पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेकाे थियाे ।
उनलाइ नेकपा एमालेले पनि एमाले सचिव पदबाट निलम्बन गरी सकेकाे छ । अब के हुन्छ, अर्घाखाँचीमा ? प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ ।
अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनेछैनन् । उनले निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधासमेत पाउनेछैनन् । संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उनको पदै जान्छ र उनी निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन्छ ।