ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

रेडक्रसलाई बचाउन सबै एकजुट होऔं : अध्यक्ष नेपाल

१४ श्रावण २०८०, आइतबार
१४ श्रावण २०८०, आइतबार

सुनवल, १४ साउन ।

नेपाल रेडक्रस सोसाईटीका नवनिर्वाचित केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले रेडक्रस सोसाईटी गम्भीर अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आइतबार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै नेपालले रेडक्रस सोसाईटी कोल्याप्स हुने खतरा बढेको बताउँदै यसलाई बचाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । कुनै बेला एसियामै उत्कृष्ट मानिने रेडक्रस सोसाईटी अहिले आफ्नो आधिकारिता र साख जोगाउन संघर्षरत रहेको बताउँदै यसमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । “कोमामा पुगेको रेडक्रस सोसाईटीलाई अहिले जनरल बेडमा ल्याएका छौ”–अध्यक्ष नेपालले भने, “चुनौती धेरै बाँकी छन् तर गर्न सकिन्छ भन्ने अठोटका साथ अगाडि बढेका छौ ।”

एउटा पक्ष अझै पनि व्यक्तिवादी प्रवृत्तिलाई अंगिकार गरेर गतिरोध सृजना गर्न खोजेको बताउँदै उनले चुनाव मार्फत नयाँ नेतृत्व आईसकेको अवस्थामा त्यसको कुनै अर्थ नभएको टिप्पणी गरे । जेनेभा सम्म धाएर रेडक्रस सोसाईटी बचाएको उल्लेख गर्दै नेपालले अब पनि नविकरण लगायतका काम तत्कालै पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गर्न लागिपरेको बताए ।

नेपाल रेडक्रस सोसाईटीलाई नविकरणको लागि यो वर्ष अन्तिम वर्ष भएकाले अहिले लेखापरिक्षण लगायतका काम गरेर सोसाईटीलाई आधिकारिता प्रदान गर्ने प्रयासमा नयाँ कार्यसमिति लागेको अध्यक्ष नेपालले बताए । सोसाईटीका नवनिर्वाचित केन्द्रीय सदस्य अनुप कुमार श्रेष्ठले लिक बाहिर गएको संस्थालाई लिकमा ल्याउन अहिले सफल भएपनि थुप्रै चुनौती बाँकी नै रहेको उल्लेख गरे । सोसाईटी नवलपरासी शाखाका सभापति राजेन्द्र प्रसाद अग्रहरीले जिल्ला शाखाका लागि केन्द्रीय तहबाट प्रर्याप्त सहयोग नभएको गुनासो गरे ।

देशमै उत्कृष्ट शाखाको रुपमा रहेको भएपनि आर्थिक रुपमा निकै कमजोर भएको उल्लेख गर्दै अग्रहरीले स्थानीय तहबाट सहयोग लिएर काम गर्दै आएको उल्लेख गरे । कार्यक्रममा सोसाईटीका प्रदेश कोषाध्यक्ष हैदरअली मोमिन, शाखा उपसभापति कृष्ण प्रसाद लामिछाने लगायतले नयाँ नेतृत्वले संस्थालाई सही दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए । विभिन्न उतारचढावका बीच साउन १ र २ गते भएको विशेष महाधिवेशनबाट रेडक्रस सोसाईटीको नयाँ नेतृत्व निर्वाचित भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?