ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पैदल यात्रा गरी त्रिवेणीबाट जल ल्याएर पर्रोहा बोलबम धाममा जलार्पण

१४ श्रावण २०८०, आइतबार
१४ श्रावण २०८०, आइतबार

बुटवल, १४ साउन ।

पश्चिमको पशुपतिनाथ भनेर चिनिने रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धाममा पैदल यात्रा गरेर तीर्थालुहरुले जलार्पण गरेका छन् ।

नेपालको एकमात्र स्वयम उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धामबाट झण्डै एकसय जना तीर्थयात्रीहरु पैदल यात्रामार्फत त्रिवेणी धाममा पुगेर जल ल्याई बोलबम धाममा जलार्पण गरेका हुन् ।

बोलबम धामबाट गएका तीर्थालुहरु साउन ११ गते त्रिवेणी गजेन्द्र मोक्षधाममा बास बसेका थिए । त्यसपछि १२ गते वैदिक विधिले गंगाजल उठाएर पैदल यात्राद्वारा बोलबमको मन्त्र जप्दै १२ गते भूमही आएर बास बसेका थिए । साउन १३ गते बिहान हिंडेर दिउँसो बुटवल मण्डपमा सत्संग कार्यक्रम गरी बुटवलको राधाकृष्ण मन्दिरमा बास बसी आइतबार बोलबम धाममा पुगेर जलार्पण गरेका हुन् । धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमको नेतृत्वमा भएको यात्रामा करिव ३०० जना सहभागी भएको यात्रा संयोजक शालिग्राम भण्डारीले जानकारी दिए ।
संयोजक भण्डारीले बोलबमको यात्रा २०३९ सालदेखी शुरु भएको भएपनि २०५३ बाट बृहत रुपमा अगाडि बढ्दै आएको बताए ।

उनले यस वर्ष असार १८ देखि भदौ १४ गते सम्म यात्रा तय गरेको जानकारी दिए । गुरु पुर्णिामाबाट २५० तिर्थयात्रीले धामबाट यात्रा शुरु गरेको बताउदै यो अवधिमा दैनिक हजारौको संख्यामा पैदल यात्री बोलबम आउने बताए ।

उनले असार १८ गते लक्ष्मण घाट, असार ३० गते कालिरहको पैदलयात्रा भएको, साउन ११ देखि १४ गतेमा नवलपरासीको त्रीवेणी धाममा पनि पैदल यात्रा भएको, साउन २६ रुरु क्षेत्र, २७ गते गण्डकीको जल बोलबम, भदौ ८ गतेदेखि ९ गतेसम्म तनहुको देवघाटबाट ल्याएर ५०० तिर्थालुलाई जलार्पण गराउने योजना रहेको बताए ।

बुटवलमा आयोजित सत्संग कार्यक्रममा बोल्दै धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले साउन महिनालाई भोग–विलासबाट मुक्त भएर आध्यत्मिक चिन्तन गर्ने महिनाको रुपमा लिइने बताए । उनले हिन्दु धर्मभित्र सबै अटाउने भन्दै यसप्रति राजनीतिक नेतृत्व तहबाटै अनाश्था फैलाउने काम भएकोमा दुःख प्रकट गरे ।

त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, यात्रा व्यवस्थापन समितिका सल्लाहकार सत्यनारायण मानन्धरलगायतले पनि बोलबम यात्रीहरुमाझ संबोधन गरेका थिए ।

करिब डेढ सय वर्षअघि सौनामैनाको पर्रोहाका स्वर्गीय चन्द्रभान चौधरीका जिजु हजुरबुबाले जङ्गल र झाडीभित्र शिवलिङ्ग फेला पारेको जनश्रुति रहेको छ । उनले शिवलिङ्गलाई आफ्नो घरमा लगेर स्थापना गर्ने प्रयास गरेका र खन्दाखन्दै त्यसको फेद फेला पार्न नसकेको भनाइ छ ।

त्यसै समयमा चौधरीले सपनामा शिवलिङ्गले कोही कसैले मलाई कहीँ लान पाउँदैन भनकोे सुनेपछि सोही ठाउँमा मन्दिर निर्माण प्रयास गरेका थिए । मन्दिर निर्माण पूरा नहुँदै उनको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ पूजाआजा शुरु भएको थियो ।

अहिले पनि स्थानीय थारुहरुले मन्दिरलाई विशेष महत्व दिएर पूजा आजा गर्छन् । २०३५ सालमा भारतको पञ्जागढ झारढोर भन्ने ठाउँबाट १०८ स्वामी रमेश गिरी बोलबम धाममा आएका थिए ।

उनलाई नागाबाबाका रुपमा पनि चिनिन्छ । ती नागाबाबाले सो स्थानको संरक्षण र व्यवस्थापनमा लागेका थिए । नागाबाबाले मन्दिर निर्माणका लागि व्यक्ति तथा सरकारी जग्गा उपलब्ध गराएका थिए ।

२०४५ सालको फागुनमा पर्रोहा बोलबम धाममा शिव पञ्चायन मन्दिर बनाउन जग बसालिएको, २०४८ सालमा मन्दिर स्थापना भएको र ०४९ सालबाट बोलबमधाममा जलार्पण गर्न शुरु भएको स्थानीयहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?