Butwal Today

दाङमा सरकारी गाडीको ठक्करबाट दुई जना गम्भीर

१४ श्रावण २०८०, आइतबार
अ+
अ-

लमही, १४ साउन ।

देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ वनगै जँगलमा आइतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।

पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी नम्बर प्लेटको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका हुन् ।

घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी वर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी वर्ष ३३ का अमृत राजकोटी रहेका छन् । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट छ ।

गाडीका चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले बताए । सो गाडी झिम्रुक गाउँपालिकाको रहेको प्रहरी प्रमुख श्रेष्ठले बताए । घाइतेहरुको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको अस्पतालले जनाएको छ ।