ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

‘अधिकार क्षेत्र मिचेर बुटवल उपमहानगरद्वारा टेम्पोमाथि ज्यादती’

१३ श्रावण २०८०, शनिबार
१३ श्रावण २०८०, शनिबार

बुटवल,१३ साउन ।   बुटवल उपमहानगरपालिकाले क्षेत्राधिकार बाहिर गएर टेम्पो चालकहरुमाथि चरम ज्यादती र अन्याय गरेको टेम्पो चालकहरुले गुनासो गरेका छन् ।
नेपाली नागरिकले देशका जुनसुकै ठाउंमा गएर पेशा ब्यवसाय गर्न पाउने संविधानले दिएको मौलिक अधिकार बिपरित बुटवल उपमहानगरपालिकाले बुटवल नगरकै स्थायी बासिन्दालाई मात्रै टेम्पो चलाउन दिने गैरकानुनी मापदण्ड बनाएको भन्दै सो मापदण्ड खारेज गर्नुपर्ने टेम्पो चालकहरुले माग गरेका छन् ।
तिनाउ टेम्पो यातायात प्रा लि मा आवद्ध टेम्पो चालकहरुले टेम्पो चलाएर गुजारा गर्ने स्वरोजगार मजदुर माथि ५ हजार, ८ हजार र १० हजार सम्म जरिवाना गर्ने र सडकमा चल्न नदिने जस्ता ज्यादती गरेको गुनासो गरे । यस्तै दोहोरो दर्ता गरेर दोहोरो कर अुसुली समेत गरेको चालकहरुको गुनासो छ ।

लुम्बिनी प्रदेश यातायात ब्यवस्था कार्यालयमा दर्ता भएर सञ्चालन भएका टेम्पोहरुलाई बिभिन्न बहानामा उपमहानगरपालिकाले एउटा टेम्पोलाई एक महिनाको अबधिमा २६ हजार रुपयाँसम्म जरिवाना तिराएको तिनाउ टेम्पो यातायात प्रा लिका अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठले बताए ।

टेम्पो इन्जिन जडित र पेट्रोलबाट चल्ने सवारी साधन भएकाले अटो रिक्सा भनेर बुटवल उपमहानगरले क्षेत्राधिकार बाहिर गएर गैर कानुनी हिसाबले दर्ता गर्ने र चरम महंगो जरिवाना गर्ने गरेको भन्दै यस्तो अत्याचार तत्काल बन्द गर्न टेम्पो चालकको हक हितका पक्षमा लबिङ गर्दै आएका मजदुर नेता बागबहादुर बुढामगरले बताए ।
इञ्जिनबाट चल्ने टेम्पोको नियमन उपमहानगरपालिकाको क्षेत्राधिकार भित्र नपर्ने भन्दै उनले ट्याक्सि सरह कर तिरेर यातायातमा दर्ता भएका टेम्पो जुनसुकै समथर भूभागमा चल्न पाउनुपर्ने बताए ।

‘ बुटवलमा गर्नुपर्ने थुप्रै काम छन्, झुम्सा खानेपानीको काम शुरु भएको २५ वर्ष पुगिसक्यो काम नहुंदा धमिलो पानी खानु परेको छ, फोहोर मैलाको व्यवस्थापन छैन, बोर्डिङ स्कुल मात्र हैन सरकारी स्कुलले पनि चर्को शुल्क असुलेका छन्,नगरवासीले रोजगारी पाएका छैनन,  त्यतातिर आंखामा पट्टी बांधेर बसेको छ  तर परिवारको गुजारा गर्ने, छोराछोरी पढाउने अरु विकल्प नपाएर टेम्पो चलाउन आएका मजदुरमाथि चर्को जरिवाना गरेर अनि चलाउन नदिएर बहादुरी देखाएको छ उपमहानगरले’–बुढाले भने–‘यस्तो ज्यादती तत्काल अन्त्य नभए भोको पेटले विद्रोह गर्न वाध्य हुन्छन् ।’

टेम्पो चालक जिवलाल भुसालले बुटवल उपमहानगरपालिकाले बिभिन्न बहानामा टेम्पोहरुबाट ५ हजारदेखि १० हजारसम्म जरिवाना अशुल गर्ने गरेको भन्दै टेम्पो धनिहरु दोहोरो करको मारमा परेको र कर तिरेर पनि चलाउन नपाउंदा पिडित भएको गुनासो गरे ।

अर्का टेम्पो चालक दीनेश नेपालीले आफुलाई उपमहानगरपालिकाले दुई पटक पाँच /पाँच हजार र एक पटक १० हजार गरेर २० हजार जरिवाना तिराएको बताए ।

उता बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले भने उपमहानगरपालिकाले टेम्पोहरुको दर्ता नगरेको भन्दै रुट परमिट मात्रै दिने गरेको प्रतिक्रिया दिए ।

बुटवल भित्र १४४० ई रिक्सा तथा अटो सञ्चालन गर्न दिने मापदण्ड बनेको भन्दै सोही मापदण्डका आधारमा कार्यबिधि बनेको र मापदण्ड बिपरित सञ्चालन भएका ई रिक्सा तथा टेम्पोलाई जरिवाना गरिएको दाबी गरे ।

अधिवक्ता जोखबहादुर खत्रीले टेम्पो दर्ता, रुट परमिट र चालकमाथिको जरिवाना यी सबै काम संविधान र कानुन विपरित बुटवल उपमहानगरपालिकाको ज्यादती भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?