Butwal Today

राष्ट्रिय युवा संघ सिद्धार्थनगर अध्यक्षमा प्रविन आचार्य

१३ श्रावण २०८०, शनिबार
अ+
अ-

भैरहवा, १३ साउन ।

राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरमा प्रविन आचार्यको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्ष मनिषराज पान्डे, सचिवमा अमित शर्मा पौडेल, उप सचिवमा विक्रम यादव र सुनिता अर्याल शर्मा, कोषाध्यमा सौरभ श्रेष्ठ निर्वाचित भएको राष्ट्रिय युवा संघ, नेपालका जिल्ला अध्यक्ष विकासजंग बस्नेतले जानकारी दिए ।

त्यसैगरी सदस्यहरुमा सिजन थापा, रुद्र बिक, रोहित सिंह, थमन थापा, मोहित सेठिया, विशाल गुप्ता, सुमित पराजुली, निशान खनाल, असीम शर्मा, भिमसेन साहनी, महेन्द्र साहनी, राम मुक्ति महत, चित्र राज पाण्डेय, महिला सदस्यहरुमा सरस्वती शाक्य, सुजिता थापा, सुनिता थापा मगर, ममता घर्ती मगर निर्वाचित भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा सन्जिव श्रेष्ठ, रवि श्रेष्ठ, संजोक भट्टराई र योगेश तामाङ निर्वाचित भएको राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगरका निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीले जानकारी दिए ।

रास्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष अमित लामाले अब राजनीतिक दलहरुले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनु पर्ने बताउंदै युवालाई नेकपा एमालेले उत्प्रेरित गर्ने र नेतृत्व समेत दिने बताए ।

केन्द्रीय निर्वाचन आयोगका सदस्य भरतकुमार पोखरेलले युवा संघ नेकपा एमालेको शक्ति भएको बताउंदै युवा संघले युवाका आवाजहरु प्रतिनिधित्व गर्ने बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य अनुप बरालले युवा संघले युवालाई नेतृत्व प्रदान गर्नुका साथै सबल र सक्षम समेत बनाउने बताए ।

नेकपा एमाले जिल्ला उप सचिव हितराज पन्थीले युवाहरुले अब समाजको देशको नेतृत्व गर्नुपर्ने बताउंदै युवासंघ पार्टीको र देशकै नेतृत्व गर्न सक्षम भएको बताए ।

कार्यक्रममा युवासंघ नेपालका केन्द्रीय सदस्यहरु किरण नेपाल, बुद्धि थापा, विजय अधिकारी, केशव रोका, नेकपा एमाले सिद्धार्थनगरका नगर अध्यक्ष चक्र बहादुर थापा, युवा संघका जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर इन्चार्ज विशाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युवा संघका नगर अध्यक्ष कृष्ण मल्ल ठकुरीले आफ्नो कार्यकालमा गरेका प्रगतिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने कार्यक्रममा बोल्ने वक्ताहरुले कृष्ण मल्ल ठकुरीको कार्यकाल पुर्णरुपमा सफल भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?