Butwal Today

चिदिपानी–तिलोत्तमा समाजद्वारा एसईईमा सफल विद्यार्थीलाई सम्मान

१३ श्रावण २०८०, शनिबार
अ+
अ-

तिलोत्तमा, १३ साउन ।

चिदिपानी–तिलोत्तमा समाज रुपन्देहीले शनिबार एक कार्यक्रमका बीच एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । समाजले नयाँमिलमा कार्यक्रमको आयोजना गरी एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्ने वक्तहरुले बालबालिकाहरुलाई शिक्षा र संस्कार सिकाउन जोड दिंदै विद्यार्थीहरुले जुन विषयमा रुची छ, त्यस विषयमा ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा सहभागी छवबहादुर भण्डारी, शशिधर भण्डारी, ओमप्रकाश भण्डारी, कृष्णा थापालगायतले शिक्षा क्षेत्रका बारेमा चर्चा गरेका थिए । त्यस्तै खिमप्रसाद भट्टराईले चिदिपानी तिलोत्तमा समाजले सामाजिक क्षेत्रमा राम्रो काम गर्नेतर्फ अग्रसर भएको भन्दै समाजमा आवद्ध अभिभावकका बालबालिकाहरुलाई चिदिपानी, तिलोत्तमा मात्र नभई समग्र देशको नाम राख्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?