Butwal Today

सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित

१२ श्रावण २०८०, शुक्रबार
अ+
अ-

बुटवल,१२ साउन । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।

शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन। २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो। तर सांसदहरु उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो।