Butwal Today

कोशीमा कांग्रेसलाई मुख्यमन्त्री दिन सकिन्छ : एमाले

१२ श्रावण २०८०, शुक्रबार
अ+
अ-

बुटवल,१२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् ।

सर्वोच्च अदालतले उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुनस् कार्यभार सम्हाल्दै छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रष्ट पारे ।

कार्कीले मुख्यमन्त्री दिन हामी तयार छौं । बहुमत नभएपछि मुख्यमन्त्री दिन पनि तयार हुनुपर्छ । तर कार्यकाल बाँड्ने कुरामा सहमत नभएको उनले बताए ।