Butwal Today

अस्पताल परिसरमा वृक्षारोपण

१२ श्रावण २०८०, शुक्रबार
अ+
अ-

बर्दघाट, १२ साउन ।  साइन रेसुङ्गा डेभलपमेन्ट बैँकले पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ मा रहेको सहिद स्मृति सामुदायिक अस्पताल परिसरमा बृक्षारोपण गरेको छ ।

पर्यावरण बचाँउ हरियाली बढाउँ भन्ने नाराका साथ रेसुङ्ग डेभलपमेण्ट बैकले आँप, जामुना, लिची लगायतका करिब १ सय १० वटा बिरुवा रोपिएको बैंकका परासी कलस्टरका प्रमुख भागिरथ न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बिगतका बर्षदेखी नै हरियाली जोगाउन वृक्षारोपण गरिएको र अहिले निरन्तरता दिएको बताए ।

वृक्षारोपण कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रवक्ता सन्त बहादुर गाहाले दिनानुदिन बोटविरुवा कटान हुँदै जाँदा पर्यावरणिय सन्तुलन समेत विग्रदै गएकोले भएका बोट जोगाउँदै र नयाँ विरुवा हुर्काउनु सबैको दायित्व रहेको बताए ।

अस्पतालका अध्यक्ष निमानन्द न्यौपानेले बैकले बृक्षारोपण गर्नका लागि अस्पताल परिसरलाई छनोट गरेकोमा आभार प्रकट गर्दै रोपिएका बिरुवाको सरक्षण गरिने बताए । उनले भने “ बैंक र हामी मिलेर रोपिएका बिरुवाको उचित रुपमा सँरक्षण गरि हुर्काउछौ । कार्यक्रममा नगरका सामाजिक बिकास समिति संयोजक एव १६ नम्बरका वडा अध्यक्ष भिमकाजी गुरुङ्ग, अस्पतालका सल्लाहकार बृहस्पति अधिकारी, लक्ष्मण भण्डारी, व्यवस्थापन समितीका सदस्य डि बि थापा, व्यवस्थापक टिकाराम लुइँटेलले शुभकामना मन्तव्य राखेका थिए ।