Butwal Today

आज घट्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

१२ श्रावण २०८०, शुक्रबार
अ+
अ-

काठमाडौं, १२ साउन ।

आज शुक्रबार सुन चाँदीको भाउ घटेको छ । हिजो बिहिबार प्रतितोला १ लाख १३ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा ९ सयले घटेर प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।