ट्रेंडिंग:

>> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी

नाडालाई महासंघ स्वरुपमा लैजान सुझाव संकलन

ब्यवसायिक हकहित पहिलो प्राथमिकता
११ श्रावण २०८०, बिहीबार
११ श्रावण २०८०, बिहीबार

बुटवल, ११ साउन ।  अटोमोबाईल्सको क्षेत्रमा काम गर्ने ब्यवसायीहरुको साझा संस्था अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) लाई महासंघको स्वरुपमा लगेर बलियो बनाउने गरि सुझाव संकलन शुरु भएको छ । नेपाल अटोमोबाईल्स एशोसिएशन अफ नेपालका केन्द्रीय केन्द्रीय अध्यक्ष ध्रुव बहादुर थापासहितको केन्द्रीय टिम विशेष अभियान लिएर देश दौडाहामा हिडेका छन । सबै अटोमोबाईल्स ब्यवसायीहरुलाई संगठित गर्ने र समेट्ने लक्ष्यसहित आफुहरु लागेको बुटवलटुडेलाई अध्यक्ष थापाले बताए । ‘नाडालाई समयसापेक्ष ब्यवस्थित गर्ने लक्ष्यसहित विधान संशोधन गर्ने कामलाई प्राथमिकतामा राखेका छौ ।’—उनले भने ।

बुधबार रुपन्देहीमा नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल र लुम्बिनी अटोमोबाईल्स एशोसिएशन अफ नेपालको संयुक्त अन्तरक्रिया कार्यक्रममा उनले अटोमोबाईल ब्यवसायीहरुको हकहितमा काम गर्ने एकमात्र संस्था भएको दाबी गरे । सरकारबाट ल्याएको नीति, लेभलिङका विषय र यसको प्रभाव बुझ्ने लक्ष्य रहेको उनले बताए। ब्यवसायीहरु एकजुट हुन नसके कमजोर हुने दाबी गर्दै उनले विधानमा नाडा महासंघको स्वरुपमा लैजाने, प्रदेश संरचनाभित्र जिल्ला समेट्न विषयमा छलफल गरिएको बताए । केन्द्रमा भिजन पोलिसी निर्माणको काम, ईन्स्योरसंग क्षमता विकासको कामलाई अघि बढाएको उनले बताए । मौन्द्रिक निती पुनरावलोकन गर्ने सरकारबाट प्रतिवद्घता आएको उनले बताए ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजनबाबु श्रेष्ठ, निराकर श्रेष्ठ, केन्द्रीय महासचिव सुरेन्द्र कुमार उप्रेतीले केन्द्रस्तरबाट विधान संशोधन गर्नेभन्दा पनि जिल्ला र प्रदेश तहबाट नै सुझाव संकलन गरि संशोधन गर्ने गरि आफुहरु लागेको बताए । संस्था बलियो र शसक्त बनाउन मुल लक्ष्य लिएर एकतावद्घ हुनुपर्ने बताए । संस्था कमजोर हुदा सरकारको ठोस निति ल्याउनेभन्दा पनि प्रत्येक वर्ष परिवर्तन हुने समस्या रहेको उनले बताए ।
रुपन्देहीमा एउटै ब्यवसायमा आवद्धहरु दुई संस्थामार्फत अघि बढेको बेला मिलाएर जानुपर्ने उनीहरुको सुझाव दिए । यता अडानका उपाध्यक्ष पुरन ज्ञवालीले चार पाग्रे सवारी कारोबारमा आवद्धहरु संगठित भएर अडान गठन गरेको बताए। भन्सार, सरकारको करनिति जस्ता समस्याहरु देखिएको र यसलाई समाधानमा जोडदिनुपर्ने सुझाव दिए । चारपाग्रे सवारी बिक्रेता डिलरलाई समेटेर २७ जना रहेको उनले बताए । यसैगरि महासचिव देबेन्द्र पौडेलले अडान गठन गरिरहदा आफुहरु नाडाको पहिलेबाट नै सदस्य रहेको बताए । संगठनमा नया सदस्य संख्या बढाउनेभन्दा पनि गुणस्तरीयतालाई जोड दिनुपर्ने उनले सुझाव दिए ।

नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले आफ्नो कार्यकालमा ब्यवसायिक हकहितसंगै सामाजिक गतिविधि गर्न सफल भएको बताए । भिसिटिएस तालिम, ब्यवसायीहरुलाई कर तालिम गर्दै आएको उनले बताए । दुबै संस्थालाई मिलाउने गरि पटकपटक बैठक बसाउने पहल थालेको उनले बताए । प्रदेश संरचना रहेका ब्यवसायिहरुलाई प्रदेश अन्तरगत सदस्यता लिने ब्यवस्था गर्नुपर्ने लुम्बिनी नाडाका महासचिव रोशन पाण्डेले सुझाव दिए । केन्द्रबाट सदस्य बाडिदा पनि अहिले कतिपय जटिलता देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?