ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

कवि लेखनाथ ज्ञवालीको १३ औं स्मृति दिवस

११ श्रावण २०८०, बिहीबार
११ श्रावण २०८०, बिहीबार

तिलोत्तमा, ११ साउन ।

कवि लेखनाथ ज्ञवालीको १३ औं स्मृति दिवस, स्रष्टा सम्मान, कृति विमोचन तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान नेपालको आयोजनामा तिलोत्तमाको शङ्करनगर वन विहार पुष्पलाल भवनमा आयोजित कार्यक्रममा कवि लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कारबाट साहित्यकार तथा समालोचक बालकृष्ण भट्टराईलाई रु. १५ हजार नगद र सम्मान पत्र तथा कुन्तादेवी नारी प्रतिभा पुरस्कारबाट गुल्मीका नवोदित प्रतिभा सरु सुधालाई नगद रु सात हजार सहित सम्मान पत्रबाट सम्मानित गरिएको छ ।

त्यस्तै प्रतिष्ठानका जेष्ठ सल्लाहकार मोदनाथ प्रश्रित, अर्जुन ज्ञवाली र मदन पौडेललाई दोसल्ला सहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रम्भा पौडेल, प्रा डा.कपिलदेव लामिछाने, साहित्यकार रुद्र ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा लेखनाथ ज्ञवालीद्वारा रचित आधुनिक भजन सङ्ग्रह र प्रतिष्ठानका संरक्षक लक्ष्मण ज्ञवालीको कोरोना सवाई विमोचन गरिएको थियो । विमोचित भजन सङ्ग्रहमाथि साहित्यकार उत्तमकुमार पराजुली तथा कोरोना सवाइको डा. हिरण्यलाल ज्ञवालीले समीक्षा एवं टिप्पणी गरेका थिए । लक्ष्मण ज्ञवाली र सुशीला ज्ञवालीले सांगेतिक प्रस्तुती दिएका थिए । लेखनाथ ज्ञवालीको व्यक्तित्व र कृतित्वमाथि सन्तोष ज्ञवालीले प्रकाश पारेका थिए ।

कार्यक्रममा कवि लेखनाथ ज्ञवालीका भजन, भजन समूहद्वारा प्रस्तुत गरिएको थियो भने विविध स्रष्टाहरूले रचना वाचन गरेको बाल साहित्यकार तथा कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका सदस्य मञ्जु ज्ञवाली पौडेलले बताइन् । कवि ज्ञवाली रेडियो लुम्बिनीका संस्थापक, सम्पादक थिए । उनका दशैको आशिक, साथी, खडेरी, माटाका गीत, नानी , अक्षर, हाम्रा अवाजहरू, टाइँटुर्लुक टाइँटुर्लुक र आधुनिक भजन सङ्ग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?