Butwal Today

जिल्लाको निर्णयमा प्रदेशको हस्तक्षेप

१० श्रावण २०८०, बुधबार
अ+
अ-

नवलपुर, १० साउन ।

नेपाल पत्रकार महासंघ नवलपुरले सिफारिस गरेका नयाँ तथा पुराना सदस्यहरुको नामावली माथि पत्रकार महासंघ गण्डकी प्रदेशले हस्तक्षेप गरी डण्डा लगाएको छ । जिल्लाले सिफारिस गरेर पठाएका नामावलीमा प्रदेशले हस्तक्षेप गरेको हो ।

पत्रकार महासंघ गण्डकी प्रदेशले पत्रकार महासंघ नवलपुरका पूर्व अध्यक्ष होमराज रानाभाट, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमालदेव पंगेनी, प्रेस युनियनका नेता केबी राना लगायतको नाम नविकरणका लागि उचित नभएको ठहर गरेको छ ।

पत्रकार महासंघ नवलपुरले सिफारिस गरेर पठाएका १६ जना पुराना र ४ जना नयाँ सदस्यहरु प्रदेशले हटाएको हो । पत्रकारिता बाहेक अन्यक्षेत्रमा पूर्णकालिन भएकोले जिल्लाबाट आएका नामावलीहरुमा पनि प्रदेशले आँखा लगाएको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले बताए ।

जिल्लाले नविकरण गरेर प्रदेशमा पठाएका पुराना सदस्यहरु, होमराज रानाभाट के.वी राना, प्रेम प्रसाद न्यौपाने,हिमालदेव पंगेनी, जीत नारायण थनेत, धन प्रसाद पाण्डे, लक्ष्मी पंगेनी, ज्ञानु पंगेनी, राजन थकाली, जगन्नाथ उपाध्याय, निलकन्ठ पोख्रेल,गोविन्द रिमाल, यम बहादुर सोमै, नवराज पौडेल, खेम नारायण महत्तो र अविश्यक गौडेलको नाम हटाइएको छ । त्यसैगरी जिल्लाबाट सिफारिस गरिएका नयाँ सदस्यहरुमध्ये तिर्थराज काफ्ले, टिका काफ्ले, शारदा रेग्मी र नरनाथ पाण्डेको नाम काटिएको छ ।