ट्रेंडिंग:

>> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

‘लम्पी स्किन’ बाट एक खर्ब २६ अर्बको क्षति

१० श्रावण २०८०, बुधबार
१० श्रावण २०८०, बुधबार

काठमाडौँ, १० साउन । 

गाईभैंसीमा फैलिएको लम्पी स्कीन बाट ठूलो क्षति भएको छ । देशैभरी फैलिएको लम्पी स्कीनका कारण पशुपालक किसानले ठूलो मात्रामा क्षति व्यहोरेका हुन् ।

लम्पी स्किन’ महामारीले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन्। पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको ‘लम्पी स्किन’ सङ्क्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने सङ्कलनसमेत भएको छैन। कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन। लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिशत बराबरको क्षति पुगेको छ।

तथ्याङ्क नै नभएपछि बङ्गुरपालक किसानलाई दिने क्षतिपूर्तिको विषय उठेको छैन। जब कि विपन्न वर्गको जीविकोपार्जनमा बङ्गुर पालनले ठुलो सहयोग गरेको छ। एकै बेतमा धेरै पाठापाठी उत्पादन हुने र तिनबाट चाँडो प्रतिफल प्राप्त हुने हुँदा ग्रामीण गरिबीसँग जुध्न बङ्गुर बढी प्रभावकारी छ। यसको बजार पनि सहज छ।

विसं २०७९ जेठमा काठमाडौँ उपत्यकामा देखिएको अफ्रिकन स्वाइन फिभर कति जिल्लामा फैलियो र त्यसले कस्तो असर पा-यो भन्नेबारेको तथ्याङ्क दिन सरकारी निकाय सक्षम छैन। अफ्रिकन स्वाइन फिभरबाट अघिल्लो आर्थिक वर्षमा ज्यादा क्षति पारेको तर यस वर्ष खासै समस्या नरहेको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए। पशु स्वास्थ्यको क्षेत्रमा कार्यरत निकाय सङ्घ, प्रदेश र स्थानीय तह हुँदा त्यसले तथ्याङ्क केन्द्रीकृत गर्न समस्या पारेकाले पूर्ण विवरण विभागसँग नभएको उनले स्वीकार गरे।

स्वाइन फिभरबाट एक वर्षअघि हजारौँ बङ्गुर मरेका थिए। एक पटक लागेपछि सो रोग निको नहुने भएकाले धेरै किसानका खोर रित्तो बनाएको थियो। पशुसेवा विभागको भेटेरिनरी इपिडोमियोलोजीका प्रमुख डा. मुकुल उपाध्याय ग्रामीण क्षेत्रका गरिब कृषकको आम्दानीको प्रमुख स्रोत नै बङ्गुर रहे पनि अघिल्ला वर्षमा भएको क्षतिको विवरण राम्रोसँग आउन नसकेको बताए।

एक वर्षअघि धेरैका गोठ नै रित्तो पारेको बताउँदै त्यति बेला किसानले क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले उल्लेख गर्नुभयो। बङ्गुर भनेपछि धेरैले मन नपराउने कारणले क्षतिको चर्चा कम भएको हुन सक्ने उनले बताए। ‘लम्पी स्किन’को भने तथ्याङ्क अद्यावधिक भए पनि पीडित कृषकले उपचार र क्षतिपूर्ति सहज रूपमा पाउन सकेका छैनन्। नेपाल पशुचिकित्सा परिषद्ले गरेको अनुसन्धानबाट नेपालमा २५ लाख पशुमा सङ्क्रमण देखिने र एक लाख गाईभैँसी मर्ने आकलन गरिएको छ। त्यसबाट कम्तीमा एक खर्ब २६ अर्ब बराबरको पशुधनमा क्षति पुग्ने आकलन गरिएको छ।

परिषद्का अनुसार यो रकम नेपालको आव २०८०/८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउँछ। हालसम्म सो रोगको सङ्क्रमणले ५१ अर्ब ७९ करोड ९९ लाख २५ हजार रुपियाँको क्षति भइसकेको छ। एउटा पशुमा लम्पीको सङ्क्रमण भएपछि ४९ हजार १३५ रुपियाँको क्षति पुग्ने र त्यही सङ्क्रमितको सङ्ख्यालाई गुणन गर्दा सो क्षतिको आर्थिक विवरण तयार पारिन्छ। अहिले मध्यवर्षा भइरहेको र सङ्क्रमण दर उच्च बिन्दुमा रहेकाले कम्तीमा २५ लाख पशुमा यो सङ्क्रमण देखिन सक्ने आकलन अनुसार परिषद्ले क्षतिको अनुमान गरेको हो।

परिषद्का प्रवक्ता डा. मनोज शाहीले अहिलेसम्म आफूहरूले गरेको अनुमान मिलेको र साउनको पहिलो सातामा आउँदा अनुमानको ४० प्रतिशत नाघेको बताउनुभयो। उनले सङ्क्रमण दैनिक रूपमा फैलिरहेको र त्यसको नियन्त्रण, उपचारमा सोचेजस्तो सफलता नमिलेको बताए। विभागका अनुसार हालसम्म ७७ जिल्लामा १० लाख ५४ हजार पशुमा ‘लम्पी स्किन’ देखिएको छ भने ४८ हजार १३३ पशु मरिसकेका छन्। पशुसेवा विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने दैनिक १५ हजार नयाँ पशुमा यो सङ्क्रमण फैलिएको छ भने दैनिक आठ सय पशु मरिरहेका छन्।

नेपालमा सन् १९४० को दशकमा गाईबस्तुमा फैलिएको ‘रिन्डरपेस्ट’ अर्थात् गगौटी रोगको महामारीले ठुलो क्षति निम्त्याएको थियो। खुर हुने चौपायामा लाग्ने सो रोग अहिले उन्मूलन भइसकेको प्रवक्ता शाहीले बताउनुभयो। त्यसपछिको दोस्रो ठुलो पशु क्षति नेपालले बेहोरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?