Butwal Today

कांग्रेस केन्द्रीय समिति वैठकमा आज देउवाले बोल्ने

१० श्रावण २०८०, बुधबार
अ+
अ-

बुटवल,१० साउन । गत साउन २ गते देखी जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे बैठक बोलाइएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ । वैठकमा गत सोमवार देखी पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।