Butwal Today

देउवाले किन बोलाए केन्द्रीय समिति वैठककै बीच पदाधिकारी वैठक ?

९ श्रावण २०८०, मंगलवार
अ+
अ-

बुटवल,९ साउन ।   केन्द्रीय समितिको बेठक जारी रहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसारअपराह्न ४ बजे धुम्बाराहीमा बैठक बोलाइएको हो ।

पदाधिकारी बैठकमा केन्द्रीय समितिको बैठकमा उठेका विषयवस्तु र सम्भावित निर्णयबारे छलफल हुनेछ ।

साउन २ देखि सानेपामा जारी केन्द्रीय समितिको बैठक भोलि अपराह्न ४ बजे बस्दैछ । बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन् ।

१० वटा एजेन्डा केन्द्रित बैठकमा भोलि देउवाले जवाफ दिएर टुंग्याउने तयारी छ ।