ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

सशस्त्रले कपिलवस्तुबाट समात्यो झण्डै ५० लाखको अवैध सामान

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

बुटवल, ९ साउन ।

भन्सार छली नेपाल ल्याएको झण्डै ५० लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रहरी निरीक्षक दिपेन्द्र पौडेलको कमाण्डमा खटिएको टोलीले कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट अवैध सामान नियन्त्रणमा लिएको हो ।

चारवटा भारतीय नम्बर प्लेटका मोटरसाईकलमा ल्याइएको अवैध सामान विजयनगर गाउँपालिका वडा नम्बर १ जवावैराट जंगलमा लुकाइछिपाई राखेको अवस्थामा सोमबार राति करिव साढे २ बजे प्रहरी निरीक्षक पौडेल नेतृत्वको सशस्त्रको गस्ती टोलीले फेला पारेको थियो । बरामद गरिएका सामानहरुमा कपडा र चप्पलहरु रहेको र त्यसको अन्दाजी मूल्य झण्डै ५० लाख पर्ने प्रहरी निरीक्षक पौडेलले बताए ।

टोलीले चारवटा भारतीय नम्बर प्लेटका मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । जसमा एउटा पल्सर र तीनवटा स्प्लेन्डर रहेका छन् । बरामद गरिएको सामान कृष्णनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको पौडेलले बताए । बुटवलमा कार्यरत रहँदा समेत प्रहरी निरीक्षक पौडेलले अवैध सामान ओसारपसार र तस्करी नियन्त्रणमा सफलता हासिल गरेका थिए ।

सशस्त्र प्रहरी बल नं. ५ विन्ध्यवासिनी बाहिनी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक निरकृष्ण अधिकारीले अवैध सामान ओसारपसार र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रियताका साथ लागेको बताए । “सशस्त्र प्रहरीले देशैभरि नै यसका लागि अग्रसरता देखाएर सफलता हासिल गरिरहेको छ, विशेषगरी सीमा क्षेत्रमा हामीले निगरानी बढाएका छौं”–उनले भने ।

सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलवस्तुका गणपति जीवन केसीले सशस्त्र प्रहरीले रातको समयमा समेत गस्ती बढाएर अवैध ओसारपसारलाई निस्तेज पार्नेतर्फ क्रियाशिल रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?