Butwal Today

सबै नेताहरुको सम्पत्ति छानबिन हुन्छ : कानुनमन्त्री

९ श्रावण २०८०, मंगलवार
अ+
अ-

काठमाडौं ९ साउन । कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले सरकारले सबै नेताहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारको फाइल खोल्दै जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको बताए ।

प्रधानमन्त्रीसँग एउटापछि अर्को फाइल खोल्दै जाने, जोजो पर्छन् पर्छन् कांग्रेस, एमाले, माओवादी कोको पर्छन् तर, एकपछि अर्को गरी फाइल खोल्दै ठोक्दै जाने हो भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउने नै हो भनेर कुरा भएको गुरुङले बताए ।

उनले आफू मन्त्री छाड्न तयार भएको तर विचार, सिद्धान्त नछाड्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?