Butwal Today

यसरी उर्लियो तिनाउ, विपतबाट बच्न सतर्क रहौं (फोटो/भिडियो सहित)

९ श्रावण २०८०, मंगलवार
अ+
अ-

सोमबार रातिबाट परेको भारी वर्षाका कारण तिनाउ नदीको जल सतहले खतराको तह पार गरेको छ । मौसम विज्ञान विभागले दिउँसो १२ बजेसम्म नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । बाढीले तिनाउ तटीय क्षेत्र कटान गरेको छ ।

तिनाउ पुल र देबिनगर पक्की पुलमा तिनाउ उर्लेर करिब करिब पुलको माथिल्लो भागमा आइपुगेको छ । योगीकुटीस्थित मगरघाट पुलको उत्तरतर्फको क्षेत्रमा समेत कटान गरेको छ । तिनाउमा आज आएको बाढी धेरै वर्षपछिको ठूलो भएको स्थानीय अग्रजहरुले बताएका छन् ।तस्वीर भिडियो : स्वस्तिक श्रेष्ठ