Butwal Today

कांग्रेस वैठकले राष्ट्रिय मुद्दा छोएन, महामन्त्रीमाथि खनिने मात्रै भयो : चन्द्र भण्डारी

९ श्रावण २०८०, मंगलवार
अ+
अ-

बुटवल,९ साउन । नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेस केन्द्रीय समितिको बैठकमा राष्ट्रिय मुद्दा छाडेर शक्ति प्रदर्शन गर्ने थलो मात्रै बनेको टिप्पणी गरेका छन् ।

बीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले धेरैजसो नेताहरु दुई युवा महामन्त्रीमाथि खनिएकोप्रति आलोचना गरे ।

कांग्रेसको केन्द्रीय समितिको बैठकले धेरै मुद्दाहरु उठाउनेछ भन्ने सोचेंको तर एकले अर्कालाई गाली गर्ने, खुइल्याउने र राष्ट्रिय एजेण्डाहरुलाई नछुने मात्रै भएको उनले बताए ।
उनले नेपालका कम्युनिष्टहरुसँग प्रतिस्पर्धा गर्नु राजासँग लड्नुभन्दा कठिन हो भन्ने कुरा कांग्रेसले बुझ्नुपर्ने बताए । अहिले कांग्रेसको व्यवहार र शैलीले आफूहरुले चाहेको कुनै प्रयास सफल नहुने उनको भनाइ छ ।

महामन्त्रीले प्रस्तुत गरेको एजेण्डा राम्रो भएको उल्लेख गर्दै नेता भण्डारीले रुपान्तरण अभियानको सुझावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?