ट्रेंडिंग:

>> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ

बजार अनुगमन गर्दा खाद्यान्न भन्दा मेडिकल अव्यवस्थित

९ श्रावण २०८०, मंगलवार
९ श्रावण २०८०, मंगलवार

रुकुम पूर्व, ९ साउन ।

जिल्लाको सदरमुकाम रुकुमकोटमा सोमबार जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले संयुक्त रुपमा खाद्यान्न र मेडिकलहरुको अनुगमन गर्दा मेडिकलहरु अव्यवस्थित र दायराभन्दा बाहिर गई संचालन गरेको पाइएको छ । जिल्ला सदरमुकाम रहेको सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ को विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गर्दा धेरै समस्याहरु देखिएका छन् । सोमबार चारवटा मेडिकल, एउटा डेन्टल क्लिनिक र दुइ वटा एग्रोभेट र खाद्यान्न पसलहरुको अनुगमन गरिएको थियो ।

सिस्ने गाउँपालिका ६ छिप्रिदहमा रहेको प्रकाश मेडिकलमा ल्याब कक्ष व्यवस्थित नभएको, सरसफाईको अभाव, अनुमति नलिएर आयुर्वेदिक तथा फुड सप्लिमेट्री सामानहरु बेच्ने गरेको, फार्मेसी तर्फ दक्ष जनशक्तिको अनुपस्थिति रहेको पाइएको छ । यस्तै बिना तापक्रम मेन्टेन फ्रिजमा टिटी खोप राखेको, लागू औषध तथा मनोदिपक औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नवीकरण नगरेको लगायतका समस्याहरु पाइएको रुकुमपूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्रराज कोइरालाले जानकारी दिए ।

छिप्रिदहमै रहेको अर्को मनज्ञा सिटी हस्पिटलमा पनि ल्याब सेवा व्यवस्थित रुपमा सञ्चालनमा नरहेको, अनुमतिबिना आयुर्वेदिक तथा कस्मेटिक र फुड सप्लिमेट्री सामानहरु बिक्री गर्ने गरेको, रेबिज विरुद्धको र टिटी खोप बिना तापक्रम मेन्टेन राख्ने गरेको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ । यस्तै डिग्रे शाइकुमारी मेडिको फार्मामा अनुमतिबिना आयुर्वेदिक सामान बिक्री, भ्याक्सिन भण्डारण नमिलेको, नार्कोटिक औषधि बिक्री वितरण गरेको भएपनि यसको अभिलेख नराखेको, अव्यवस्थित रुपमा एक्सरे सेवा सञ्चालनमा रहेको लगायतका समस्या रहेको अनुगमन टोलीमा रहेका रुकुम(पूर्व) अस्पतालका फार्मेसी अधिकृत चतुर्भुच धनाडी बताउँछन् । सिस्ने गाउँपालिका ५ चोकबजार स्थित क्लोनिकाको अगाडि रहेको मेडिकलमा साइनबोर्ड पनि नराखिएको, टिनको छाप्रोमा मेडिकल संचालन गर्दै आएको पाइएको छ । दर्ता नवीकरण पनि नभएको र बिरामी राख्ने, चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ ।

सिस्ने ६ मा रहेको दुईवटा एग्रोभेटमा पनि अनुगमन गरिएको छ । ओली एग्रोभेट एण्ड सप्लायर्स र केसी एग्रोभेटमा अनुगमन गरिएको छ । जहाँ एग्रोभेटमा विषादी र पशुजन्य औषधिहरु एकै ठाउँमा राखेको, सरसफाइको अभाव रहेको पाइएको अनुगमन टोलीमा रहेका एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका पशु अधिकृत छविलाल घर्ती बताउँछन् । केसी एग्रोभेटमा भने साइनबोर्ड पनि नराखेको पाइएको छ ।

यसैगरी अनुगमनका क्रममा खाद्यान्नतर्फ ५ वटा पसल अनुगमन गरिएको थियो । १७ सय बराबरको म्याद गुज्रिएको बिस्कुट बरामद गरी नष्ट गरिएको छ । यसैगरी ६ बोरा म्याद गुज्रिएको चामल भेटिएको छ । अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकल, एग्रोभेट तथा पसलहरुमा आवश्यकताअनुसार सल्लाह सुझाव दिइएको छ । सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) र घरेलु तथा साना उद्योग कार्यालय रुकुम (पूर्व) को संयुक्त आयोजनामा सोमबार मेडिकल र खाद्यान्न पसलको अनुगमण गरिएको घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका नासू सन्तोष मल्लले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?