ट्रेंडिंग:

>> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत

धान उत्पादन बढाउन कलमे विधी

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

दाङ, ८ साउन ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ७ का भैरव चौधरीले १४ वर्षअघि धानले बोटमा गाँज हाली सकेको बेला उखेलेर फेरि रोप्दा गाउँलेहरुले गाली गरे । धानका बाला लाग्ने बेलामा यो के गरेको होला ? भनेर नकारात्मक टिप्पणी गरे । उनलाई सबैले गाली गरेपनि आफुले सिकेको ज्ञानलाई नवीन रुपमा प्रयोगमा ल्याएर सबैलाई देखाएरै छाड्ने अठोटका साथ पहिलो वर्ष दुई कट्ठामा कलमी गरेको धान रोपे ।

धानको कलमी गर्ने तरिका सिके जसरी रोपेको धान निकै फल्यो । राप्ती गाउँपालिकाको जगपुरमा पहिलो पटक कलमी गरेर रोपेको धान धेरै फल्ने मात्रै होईन, पोपटा पनि निकै भएपछि भैरवलाई अझ आत्मविश्वास जाग्यो । अहिले उनले यो क्षेत्रमा सबैभन्दा पहिले अपनाएको धानको कलमी गर्ने विधीलाई सबैले अनुशरण गर्दै आएका छन् ।

‘मलाई धानको कलमी गर्ने तरिका मेरो भिनाजुले सिकाउनुभएको हो । बगरापुरबाट यसको बारेमा जानकारी लिएको हुँ’, भैरवले भने, ‘पहिलो वर्ष बीउ उमार्ने अनि त्यसलाई रोप्ने तरिकाबारे जानकारी लिएर प्रयोगमा ल्याएँ । यो गाउँमा सबैभन्दा पहिले मैले कलमी धान रोप्न थालेको हुँ ।’

‘धेरै मान्छेले मलाई गाली गरे । एक पटक रोपेर फल्ने धानलाई किन अनावश्यक दुई पल्ट रोपेको होला भने । कोहीले त काम नपाएर के गरेको होला पनि भने’, उनले भने, ‘मैले कलमी गरेर रोपेको धान फलेको देखेपछि सबै छक्क परे । अहिले त सबैले यही विधि अपनाउने भएका छन् ।’

उत्पादन राम्रो हुने भएकाले यो विधि राप्ती गाउँपालिका बासीका लागि पहिलो रोजाई बन्दै गएको छ । पालिकाका अधिकांश ठाउँमा कलमी गरेरै धान रोप्ने गरिएको छ । ‘बिज्जु गरेर रोपेको धान परम्परागत जस्तै हो । फलेपनि बालामा पर्याप्त धान हुँदैन । पोपटा बढी हुन्छ, तर कलमी गरेर रोपेको धानको उत्पादन पनि धैरै हुन्छ, पोपटा पनि हुँदैन’ उनले भने, ‘सामान्यता यो ठाउँमा बिज्जु गरेको धानबाट प्रति कट्ठा तीन–साढे तीन क्वीन्टल धान फल्छ भने कलमी गरेर रोपेको धान प्रति कट्ठा पाँच क्वीन्टलसम्म फल्छ’ उनले भने ।

राप्ती गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ८ लाई पालिकाले कृषि पकेट क्षेत्र घोषणा गरेको छ । यस क्षेत्रका किसानले धानको कलमी गर्दा यसबाट धेरै लाभ लिने गरेका छन् । कलमी गर्दा बीउ पनि बिज्जुभन्दा आधा कम लाग्ने गरेको छ । प्रति कट्ठा ३ किलोसम्म बीउ लाग्ने गरेकोमा कलमी गर्दा १ किलोमै पर्याप्त हुने गरेको राप्ती गाउँपालिका वडा नम्बर ७ की सरिता चौधरीले बताइन् ।

देउखुरीका सिँचाई सुविधा प्रशस्त भएका धेरैजसो स्थानमा कृषकले कृषि पेशाबाट राम्रो आम्दानी गर्दै आएका छन् । ‘हाम्रो यो ठाउँमा बाह्रै महिना खेतीपाती हुन्छ, फागुनमा रोपेको मकै भाँचेर अहिले धान रोपेका छौँ’ राप्ती ५ का सत्यनारायण चौधरीले भने, ‘बाँझो खेतमा धान रोपेर सकाउने बित्तिकै मकै रोपेको ठाउँमा पनि धान रोप्छौँ ।’

कृषिको राम्रो क्षेत्र मानिएको यस ठाउँका किसानले धानबाली जस्तै अरु अन्नबाली पनि नयाँ ढंगले गर्ने गरेका छन् । सिंचाईको राम्रो सुविधा भएको राप्ती गाउँपालिकाको यो क्षेत्रमा कृषि कर्म गर्दै आएका किसानले वर्षमा ३ बाली लगाउने गरेका छन् । यसबाट कृषि उत्पादकत्वमा निकै फाईदा पुग्ने गरेको कृषि शाखा प्रमुख सिमा भट्टले बताइन् ।

‘तरकारी खेती र अन्नबालीको राम्रो पकेट क्षेत्र भएकाले यहाँका किसानले निकै राम्रो प्रयास गर्दै आएका छन्, बाह्रै महिना सिंचाई सुविधा भएकाले पनि यहाँका किसानलाई कृषि कर्ममा सहज भएको छ’ उनले भनिन्, ‘यहाँका किसानले खेतबारीमा बाह्रै महिना व्यस्त हुने गरेका छन् । वर्षमा तीन बाली भित्र्याउने गरेका छन् ।’

दाङमा हाईब्रीड, उन्नत जातको धान रोपाई हुने गरेको छ । केही स्थानीय तहमा स्थानीय रैथाने जातको धान रोपाइ हुने गरेको छ । कृषिको उर्वर भूमि मानिएको दाङमा अन्य खेतीको तुलनामा धान खेती बढी हुने गरेको छ ।

दाङमा करीव ३९ हजार ६ सय हेक्टरमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र दाङको तथ्यांक छ । जसमा राप्ती गाउँपालिकामा कुल क्षेत्रफलको ६९ दशमलव ६२ वर्ग किलोमिटर कृषि क्षेत्र रहेको छ । ३ हजार ३ सय ४७ हेक्टरमा १६ हजार ९ सय ८० मेट्रिक टन कृषि उत्पादन हुने गरेको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?