ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
साढे ४३ करोडको मुआब्जा

कार्यान्वयनमा मेयर चौधरीमाथि नै प्रश्न

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

लमही, ८ साउन ।  दाङको लमही कोइलवास सडक निर्माण भएको तीन वर्ष बितिसक्दा पनि लमहीमा भने सडक अधुरो रहेको छ । सडक बिस्तारको क्रममा लमही क्षेत्रमा सडक क्षेत्रभित्र व्यक्तिहरूको जग्गामा परे बापत नेपाल सरकारले मुआब्जा बापतको रकम ३ वर्ष अगाडि वितरण गरेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

स्थानीयहरूले सडकमा परेको जग्गाको मुआब्जा बुझे पनि जग्गामा रहेका संरचनाको समेत मुआब्जाको माग राख्दै खाली नगराउँदा हुलाकी सडक झन सागुरिँदै गएको छ । अहिलेसम्म ४३ करोड ६१ लाख रूपैयाँ जग्गाको मुआब्जा वितरण गरिएको छ । जग्गाको मुआब्जा बुझ्ने तर, संरचना नहटाउने समस्या छ ।

पटक–पटक लमही नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन आग्रह गर्दै आएको छ । अर्कोतिर सोही मुद्दालाई निर्वाचनको एजेण्डा समेत बनाएका लमही नगरपालिकाका मेयर जोखराज चौधरीले आफूले निर्वाचन जिते लगत्तै यस विषयमा मौन देखिएका छन । उनले लमही कोइलबास सडक बिस्तार गर्ने त्यसमा रहेका सरंचना हटाउने पहिलो निर्वाचन घोषणापत्रमा प्रतिवद्धता जनाएका थिए । कार्यान्वयको बिषयमा मौन बसेपछि अहिले उनीमाथि प्रश्न उठेको छ ।

यद्यपि उनी निर्वाचित भएको डेड वर्ष बितिसक्दा पनि उनले पहिलो प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै लमही वासिहरू आलोचना गर्न थालेका छन । उनले आफू निर्वाचित भए लगत्तै पहिला आफ्नो सोही क्षेत्रमा रहेको घरमा डोजर चलाउने भनेका थिए । खोइ त ? कार्यान्वयन नागरिक समाज दाङका सहसयोजक निम वहादुर थापा भन्छन ।
मेयर चौधरी आफूले पटक पटक सडकका सरंचना हटाउन प्रयास गरेको तर स्थानीयवासीको असहयोगका कारण सफल नभएको स्वीकार गरेका छन ।

लमही नगरपालिकादेखि बजारक्षेत्र हँुदै राजमार्ग चौराही गरि झण्डै १ किलो मिटर सडकको जग्गा खाली नगराउँदा सडक खुम्चीदै जान थालेको छ । सागुरो सडकले सवारी साधनको चाँप थेक्न समेत सकेको छैन । सडकको दुवै पटटी नाली निर्माण हुन नसक्दा थप सडक अव्यवस्थित बनेको छ । लमही कोइलावास हुलाकी राजमार्ग निर्माण गर्ने क्रममा सडक प्रभावितलाई यस अगाडी नेपाल सरकारले रु. ४३ करोड बढी रकम जग्गाको मुआब्जामा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । तर, जग्गाको मुआब्जा बुझेपनि सडक क्षेत्र खाली नभएको भन्दै जिल्ला प्रशासनले दुःख व्यक्त गरेको छ । सडकमा परेका घर तथा टहरा नहटाउँदा बजार क्षेत्रमा समस्या थपिँदै गएको छ । लमही कोइलावास सडक कालोपत्रे सुरु हुने बेला साविक सडकलाई आधार मानेर काम भएको थियो । साविक १२ मिटर रहेको सडक चौडा गरि ३० मिटर कायम गरिएको हो । लमही बाहेक अन्य स्थानमा सडक चौडा गरिएको छ ।

यद्यपी लमहीमा पक्की नालासमेत नयाँ बनाइएन । पुरानै कायम गरियो । लमही–कोइलावास हुलाकी सडक निर्माण गर्ने क्रममा बजार क्षेत्रमा पर्ने संरचना पनि हटाउने योजना वनाइ लमही नगरपालिकाले पटक–पटक सूचना जारी समेत गरेको लमही नगरपालिका मेयर जोगराज चौधरी बताउँछन ।तर, स्थानीयले घरको मुआब्जा माग गरेपछि संरचना हटाउने काम रोकिएको उनले वताए । अहिले पनि आफूहरूलाई जग्गाको जस्तै घरको मुआब्जा चाहिने स्थानीयको माग छ ।
सडकको दायाँबाँया १५/१५ मिटर खाली हुनुपर्नेमा अहिले ७ मिटरको सडक मात्रै कालोपत्रे भएको छ । अहिले बजारमा सवारी साधनको चाप बढेकाले दुर्घटनाको जोखिम समेत रहेको स्थानीय वुद्धिजिवी वताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?