ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

एसीसी इमर्जिङ कप : भारतलाई हराउँदै पाकिस्तानले जित्यो उपाधि

८ श्रावण २०८०, सोमबार
८ श्रावण २०८०, सोमबार

काठमाडौं, ८ साउन ।

भारतमाथि जित हात पार्दै पाकिस्तानले एसीसी इमर्जिङ कपको उपाधि हात पारेको छ । श्रीलंकामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा भारतलाई १२८ रनले हराउँदै पाकिस्तान ‘ए’ ले उपाधि जितेको हो ।

नेपालसमेत सहभागि प्रतियोगिताको फाइनल भिडन्तमा पहिले ब्याटिङ गर्दै पाकिस्तानले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको भारत ‘ए’ ४० ओभरमा अलआउट हुँदै २२४ रनमा समेटियो। पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारत २ सय २४ रनमै अलआउट भएको हो ।

पाकिस्तानलाई उपाधि जिताउने क्रममा तैय्यब ताहिरले ७१ बलमा १ सय ८ रनको सानदार पारी खेले ।

जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि सर्वाधिक ६१ रन अभिषेक शर्माले बनाए। त्यसैगरी, यश धुलले ३९ रन जोडे ।

साइ सुदर्शनको नाममा २९ रन रह्यो। भारतका अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानलाई जिताउने क्रममा सुफियान मुकिमले ३, मोहम्मद वासिमले २, मेहरन मुम्ताजले २ र अर्साद इकबालले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो स्कोर ३५२ मा पु¥याएको थियो ।

पाकिस्तानको स्कोर साढे ३ सयमाथि लैजाने क्रममा तैय्यब ताहिरले ७१ बलमा विस्फोटक १०८ रनको शानदार पारी खेले। उनले १२ चौका र ४ छक्का पनि हाने ।

मुबासिर र तैय्यबबीच छैटौँ विकेटका लागि शतकीय साझेदारी भएको छ। टिमलाई पाँचौँ झट्का १८६ रनमा लागेको थियो । तर पाकिस्तानले स्कोर बढाएर साढे ३५२ रनमा पु¥याएको हो ।

पाकिस्तानका स्याम अयुब ५९ नर बनाएर आउट भए। उनलाई मानव सुथारले पवेलियन पठाए। साहिबजादा फरहान ६५ रन बनाएर आउट भए ।

भारतका लागि रियान परागले २ लगातार बलमा २ विकेट लिए। उनले २८ औँ ओभरको पहिलो बलमा ओम्यार बिन युसुफ ३५ रन र अर्को बलमा कासिम अकरमलाई शून्यमा पबेलियन फर्काए। त्यसैगरी राभर्दन हङगरगेकरले पनि २ विकेट लिन सफल भए ।

उता, भारतका लागि बलिङतर्फ राजवर्धन हङ्गर गेकरले २ र रियान परागले समान २ विकेट लिएका थिए ।

इमर्जिङ कपमा लगायता जित निकालेसँगै पाकिस्तान ए ले भारतमाथि आगामी सेप्टेम्बरमा हुने एसिया कपमा पनि आफ्नो चुनौती बलियो रहने सन्देश दिएको छ। इमर्जिङ कपमा जस्तै एसिया कपमा पनि नेपाल, भारत र पाकिस्तान एकै समूहमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?