Butwal Today

बोइलर कुखुराको चल्लासहित सवारी र चालक प्रहरी नियन्त्रणमा

७ श्रावण २०८०, आइतबार
अ+
अ-

बुटवल, ७ साउन ।  नेपाल प्रहरीले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याइदै गरेको अवस्थामा लु १ ज २६८३ नं. को पिकअपमा २६ कार्टुन बोईलर कुखुराको चल्लासहित सवारी चालक नियन्त्रणमा लिएको छ ।

नवलपरासी जिल्लाको सुस्ता गा.पा.– १, रुपौलियाबाट प्रहरीको टोलीले करीब २ लाख २८ हजार रुपैया बराबरको चल्ला, पिकअप चालक जिल्ला नवलपरासी प्रतापपुर गा.पा. १ बस्ने ३७ वर्षिय भोलानाथ थारुलाई सवारी साधनसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ५ लाख रुपैया बराबरको सवारी साधनसमेत गरि कुल ७ लाख २८ हजार रुपैया बराबरको पक्राउ गर्न सफल भएको बताएका छन । अबैध चल्ला र पिकअप गाडिलाई नियन्त्रणमा लिई आबश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी गराएका छन ।