ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 
सम्पादकीय

बीपी र पुष्पलालको स्मृतिमा

७ श्रावण २०८०, आइतबार
७ श्रावण २०८०, आइतबार

नेपाली राजनीतिका शिखर पुरुष स्व. बीपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवस क्रमशः शनिवार र आईतवार परेको छ । बीपी कोइरालाको ४१ औं स्मृति दिवस शनिवार विविध कार्यक्रमको आयोजना गरि मनाईयो भने पुष्पलालको स्मृति दिवस आईतवार मनाईदैछ ।

संयोग कस्तो छ भने वीपीको स्मृति दिवस साउन ६ गते पर्दछ भने पुष्पलालको साउन ७ गते । २०३९ साल साउन ६ गते निधन हुनुभएका वीपी कोइराला अहिले पनि नेपाली राजनीतिका सर्वाधिक चर्चित, स्मरणीय र चिरकाल पर्यन्त नर्विसिने महापुरुष हुनुहुन्छ । एकतन्त्रीय राणा शासन अन्त्य गरी मुलुकमा प्रजातान्त्रिक आन्दोलनलाई संस्थागत ढंगले अघि बढाएर नेपाली काँग्रेसलाई प्रभावशाली राजनीतिक दलको रूपमा स्थापित गराउनमा बीपी कोइरालाले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । बीपीको ठूलो सपना थियो । दूरदर्शी राजनीतिज्ञको हैसियतले उहाँले देख्नुभएको सपना अझै पूरा हुन सकेको छैन ।

अर्कोतर्फ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवस साउन ७ अर्थात आज आईतवारको दिन परेको छ । उहाँ दुवै नेता नेपालको राजनैतिक इतिहासमा सदा सदाका लागि अविष्मरणीय हुनुहुन्छ । त्यतिमात्र होइन नेपालको राजनीतिक इतिहासमा दुई मूर्धन्य नेता बीपी र पुष्पलाल सर्वाधिक लोकप्रिय नेता हुन् भन्दा अत्युक्ति हुँदैन । नेपालको प्रजातान्त्रिक आन्दोलन र त्यसको जग बसाल्न उहाँहरूले पु¥याएको ऐतिहासिक योगदानको चर्चा जति गरेपनि कम नै हुन्छ ।

पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापित कम्युनिष्ट पार्टी विभिन्न चिरामा विभक्त भएपनि आज मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीकै नेताले गरिरहनु भएको छ । बीपीले नेपाली काँग्रेस र पुष्पलालले कम्युनिष्ट पार्टीलाई मलजल नगरेको भए यी दुई शक्ति अहिलेको अवस्थामा आउने थिए वा थिएनन् ? नेपालको प्रजातान्त्रिक आन्दोलनले यो उचाई प्राप्त गर्न सक्थ्यो वा सक्थेन ? निश्चय पनि यसको उत्तर दिन सहज छैन ।

इतिहास पढ्ने जो कोहीले पनि संयुक्त जनआन्दोलनको नीति पुष्पलालले कार्यनीतिकै रूपमा तय गर्नुभएको बुझ्न सक्छ । अहिले मुलुकमा गणतन्त्र संस्थागत भएको छ तर दुर्भाग्य बीपी र पुष्पलालले देखेको सपना अझै पूरा भएको छैन । हाम्रा राजनेताहरूको काँधमा ती दुई नेताले कल्पना गरेको नेपालको सपना पूरा गर्ने जिम्मेवारी छ तर नेताहरूको पदलोलुपताका कारण नेताहरूले छाडेर गएको ती ऐतिहासिक कार्यभार पूरा हुन सकेको छैन । आज पुष्पलालको स्मृति दिवस परेकोले पुष्पलालप्रति श्रद्धाञ्जलीका अनेक समारोह हुनेछन ।

पुष्पलालले कल्पना गर्नुभएको कम्युनिष्ट पार्टीको बिषयमा चर्चा पनि हुनेछ तर दुःखका साथ भन्नुपर्दछ– पुष्पलालले जसरी र जुन उद्देश्य र कल्पनाका साथ कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो– उहाँको त्यो सपना अझै अधुरै छ । आज कम्युनिष्टका नाममा दर्जन बढी पार्टी सकृय छन । कम्युनिष्टहरू जुटने र फुटने क्रम जारी छ । पछिल्लोसमय नेकपा ब्युँताउने प्रयास पनि जारी छ तर जबसम्म सत्ता स्वार्थको लागि लडाई हाबी भैरहन्छ तबसम्म कम्युनिष्ट पार्टी एक भएपनि त्यसको अन्तिम विन्दु भनेको बिभाजन नै हो । हामीले विगतमा धेरै कम्युनिष्ट पार्टीको एकता र विभाजन देखे भोगेकै हो । तसर्थ आज पुष्पलालको स्मृति दिवसमा कम्युनिष्टहरूले बाचा गर्नुपर्ने भएको छ । पुष्पलालको सपना पूरा गर्ने संकल्प गरेरमात्र होइन, साँचो अर्थमा उहाँले छाडेर गएको नेकपालाई शक्तिशाली बनाउँदामात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?