ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

दाङमा एक वर्षमा दुई हजार बढी विपदका घटना

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

दाङ, ६ साउन ।

दाङमा बितेको एक वर्षमा २ हजार १ सय ३८ वटा विपदका घटना भएका छन् । जिल्ला आपतकालीन कार्य संचालन केन्द्र, दाङको आर्थिक वर्ष २०७९–०८० को वार्षिक विवरण अनुसार, जिल्लामा वर्षभरि भएका विपदका घटनामा सबैभन्दा बढी बाढी पहिरोका घटना भएका छन् । जिल्लामा बाढी पहिरोका १ हजार ४ सय ७२ वटा घटना भएका छन् ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङ आदिले आठ सयभन्दा बढी विपद्जन्य घटना घटेका छन् ।

भारी वर्षाका ४ सय ३६ घटना हुँदा आगलागीका ४० वटा घटना भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, पानीले बगाएर ११, चट्याङका ५ वटा, सर्पदंशका २४, हावाहुरीका २८ वटा घटना भएका छन् ।

जिल्लामा एक आर्थिक वर्षको अवधिमा सवारी दुर्घटनाका १ सय २२ वटा घटना भएका छन् । उक्त घटनामा परी कुल ७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ जना पुरुष र २२ जना महिला रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार, विपदका घटनामा सबैभन्दा बढी सवारी दुर्घटनामा परी ४७ जनाले बितेको एक आर्थिक वर्षमा ज्यान गुमाएका छन् । विपदजन्य घटनाका कारण जिल्लामा २२ करोड ७३ लाख ५२ हजार ७ सय ८० रुपैयाँको क्षति अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए । यसमा सबैभन्दा बढी बाढी पहिरोमा क्षति भएको तथ्यांक छ ।

आगलागीमा परी १ जना, भारी वर्षाका कारण १ जना, पानीले बगाएर ९ जना, सर्पदंशका २ जना, चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । विपदमा परी १ सय ६३ जना घाईते भएका छन् । घाईते हुनेमा १ सय ५ जना पुरुष र ५८ जना महिला रहेका छन् । दाङमा एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन् । गत वैशाखदेखि चैत २३ गतेसम्म विभिन्न विपद्जन्य घटनाका कारण ठूलो क्षति भएको छ ।

‘वर्षायाम शुरुभएसँगै विपदका घटना हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद्का घटना सकेसम्म न्यूनीकरणको प्रयास भइरहेको छ, यसका लागि सबै पालिकामा भइरहेका प्रयासबारेमा जानकारी लिने र थप तयारीमा जुट्न अपिल गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी वैद्यले भने, ‘जिल्लाको भूगोल ठूलो छ, गाउँपालिकाले अपेक्षाकृत तयारी कम गरेको पाइएको छ, त्यसका लागि सचेत गराउने काम भएको छ । आशा छ, यो पटक गतवर्षभन्दा कम क्षति हुने गरी पूर्व तयारी अनुसार काम हुनेछ ।’ ‘पालिकास्तरमा सरोकारवालासँग समन्वय गरेर विपद पूर्वतयारी गर्न भन्दै आएका छौँ, केही ठाउँमा भएको पनि छ तर, उपमहानगरपालिका र गाउँपालिकास्तरमा विपद् पूर्वतयारी फितलो भएको पाइएको छ’, उनले भने ।

जिल्लामा अघिल्लो आर्थिक वर्षमा विभिन्न विपद्का घटनामा परी दाङमा ४७ जनाको ज्यान मृत्यु भएको थियो । केन्द्रका अनुसार ज्यान गुमाउनेमा १५ महिला र ३२ जना पुरुष रहेका छन् । एक वर्षको अवधिमा ३ सय ३३ वटा घटना घटेका थिए । जसमा सबैभन्दा भारी वर्षाका १ सय ५१, आगलागीका घटना १ सय ८, करेन्ट लागेको १३, पानीमा डुबेर (पोखरी, कुवा, खाडल) २५, सर्पदंशका २६ वटा घटना घटेका थिए ।

यसैगरी बाढी (खहरे खोला) चार वटा, खोलाले बगाएर छ र चट्याङका घटना चार वटा भएका थिए । जिल्लामा सो वर्ष विभिन्न विपद्का घटनाबाट एक हजार दुई घरपरिवार विस्थापित भएका थिए । विपद्का घटनाबाट १० करोड ७९ लाख १८ हजार १३० रुपैयाँको क्षति भएको थियो ।

जिल्लाको महत्वपूर्ण दस्तावेजका रुपमा विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०६८ साल देखि नै तर्जुमा गरी अभ्यास गर्दै आएको छ ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र मार्फत विपद् पूर्वतयारी तथा प्रतिकार्यका सबै चरणका कार्यहरु सञ्चालन गर्दै आइरहेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबाट समेत २ जना सुरक्षाकर्मी संलग्न गरी २४ सै घण्टा केन्द्रमा रही कार्य सम्पादन गरिरहेको छ । सबै सरकारी तथा निजि क्षेत्रसँगको समन्वयमा स्थानीय तहसँग समेत प्रभावकारी रुपमा कार्य गर्दै आएको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?