ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

क्रसीकृत मान्छेको नाममा

६ श्रावण २०८०, शनिबार
६ श्रावण २०८०, शनिबार

ऊ हाम्रो जमानाको दुःको वारिस हो । हाम्रै समयको प्रतिनिधि पात्र !

ऊ हाम्रै माझमा छ । तर पनि उसको यहाँ उपस्थिति छैन । उसको अनुपस्थितिका कारणहरू छन् ।

जस्तो कि ऊ कहिल्यै कुनै राजनीतिक दलको झोला बोकुवा बनेन । तिनको मसाल, झण्डा, डण्डा वा बन्दुक बोकुवा पनि भएन । न ऊ घाम छापे भयो, न रुख छापे । न ऊ गाई छापे भयो, न घण्टी छापे वा हलो छापे । यस्तै यस्तै कुनै छापे भएन । ऊ मानौं अमूक प्राणी ! उसले कहिल्यै टाँठाबाठाहरूको बोलीमा लोली मिलाएन । ऊ कहिल्यै भविष्य खोज्न काठमाण्डौ पसेन । विदेशका महानगरहरूमा गएर धन पैसा कमाउने अवसर त उसले पाउँदै पाएन । ऊ त हरेक अवसरहरूबाट वञ्चित ! उसका साना साना सपनाहरू कहिल्यै विपना भएनन् । उसका सानासाना रहरहरू कहिल्यै पूरा भएनन् ।

राजा महाराजाहरू बितेर गए । बितेर गए विख्यात नेताहरू । लामालामा कालखण्डहरू बितेर गए । बितेर गए उसका दुःखिया पुर्खाहरू पनि । तर बितेर गएनन् पुर्खादेखिका दुःखहरू । ती दुःखहरू त वंशानुगत रोगजस्तै सर्दै सर्दै उसकै थाप्लोमा थपक्क बस्न आइपुगे ।
अनेक शासन र सत्ता पल्टेर गए । पल्टेर गए अनेक व्यवस्था । समयको आँधीले उहिल्यै राजा महाराजाहरूले बनाएका दरबार र रनिवासहरू ढले । ढल्न त भूकम्पले उसको घर पनि ढल्यो । तर पल्टिएन जात व्यवस्थाले निर्माण गरेका विभेदका पर्खालहरू । कथित धर्मद्वारा निर्देशित राज्यसत्ताको क्रूर चरित्र पल्टिएन । उसको फराकिलो क्षितिज छेक्ने दुःखका पहाडहरू ढलेनन् । ढलेनन् उसको खुट्टामा नेल ठोक्ने सामन्ती संस्कृतिका धरोहरहरू ।

अन्त्याँटी ऊ लोकतन्त्र नामक लुटतन्त्रको शूलीमा टाँगिएको छ । उसका हातहरूमा उसकै झल्ला सांसद्हरूले पारित गरीवरी ल्याएका कानुनका किला ठोकिएको छ । उसका खुट्टाहरूमा कथित गणतन्त्रको काँटी ठोकिएको छ । जीससलाई क्रसमा किलाकाँटी ठोकेर झुण्डयाएपछि शरीरबाट अत्यधिक रक्तश्राव भई शरीरमा पानी कम भएको थियो । पानी कम भएकाले जिससलाई तीब्र प्यास लागेको थियो ।
लाग्न त उसलाई पनि त्यस्तै प्यास लागेको छ । रगत, पसिना र आँसु बग्दा बग्दै उसको शरीरमा पनि पानी कम्ती भएको छ । जति जति बग्दै जान्छ रगत, पसिना र आँसु, त्यति नै उसको शरीर सुक्छ र उसलाई तीब्र प्यास लाग्छ तर त्यो प्यास पानीको प्यास होइन । त्यो प्यास जिन्दगानीको प्यास हो । मान्छेको जुनी लिएर जन्मेपछि मान्छे बन्न पाउने अधिकारको प्यास हो । मान्छेका बीचमा मान्छे जस्तै भएर बाँच्न पाउने आकाङ्क्षाको प्यास हो ।

शूलीमा झुण्डिरहेका जिससलाई ‘प्यास मेटाऊ’ भनी यहुदीहरूले फोहर नालीमा चोबेर मशाल दिएजस्तै दिन दुगुना रात चौगुना लुटतन्त्र व्याप्त भइरहेको व्यवस्थाले उसलाई गरिबी, अभाव, अपमान र असमानताको अन्त्यहीन खाडल दिएको छ । व्यवस्थाले उसलाई पल पलको मृत्यु दिएको छ र बाँकी सबै कुरा उबाट खोसेको छ । आमाबाबाको स्वास्थ्य खोसेको छ । नानीहको शिक्षा खोसेको छ । चेलीहरको यौवन खोसेको छ । पत्नीको भरोसा खोसेको छ । दाजुभाइका ताकत खोसेको छ । घरको धुरीखम्बा खोसेको छ । चुल्होको आगो खोसेको छ ।
झन्पछि झन्झन् बिजुलीको नाममा, बाटाका नाममा र कतिसम्म भने केवल कारका नाममा आदिकालदेखि उसले उपयोग गर्दै आएको जल, जमीन र जंगल खोसेको छ ।

दुःख त के भने उसलाई थाहा छ यो कुरा ! थाहा छ कसले खोसिरहेको छ उसको अमूल्य जीवन । कसले मारिरहेको छ उसको वर्तमान । तैपनि उसको दुःखी अनुहार तम्तमाइलो हुँदैन । तैपनि उसको आँसु भरिएका आँखाहरूमा ज्वाला उठ्दैन । फोरा उठेका उसका हातले कस्दैनन् मुट्ठीहरू । ऊ त बस् हरेक चार पाँच वर्षमा आइरहने चुनाव कुरीबस्छ ।
सरकार फेरिएपछि उसको जीवन पनि फेरिएला कि भन्ने आशा गर्दछ ।

जिससले क्रसमा झुण्डयाएर आफूलाई अनेक अपमान गर्नेहरूलाई माफ गरिदिएका थिए । जिससले भनेका थिए–‘यिनीहरूलाई आफूले के गरिरहेको छु भन्ने कुरा थाहा छैन ।’
दुःख त के भने उसलाई थाहा छैन कि ऊ लुटतन्त्रको क्रसमा झुण्डयाइएको छ ।

थप दुःख त के भने– ऊ आफूलाई लुटतन्त्रको क्रसमा झुण्डयाउनेहरूको बीचबाट नै देशको राजनीति र सत्तामा कुनै महान् जादुगर आइहाल्ला र उसका आकाङ्क्षाहरूलाई मायाले स्पर्श गर्ला भन्ने आशा गरिरहेछ । उसलाई थाहा छैन–यस्तो लुटतन्त्रमा कुनै ‘नायक’ आउला र त्यससँगै सुदिन पनि आउला भन्ने आशा गर्नु केवल दास मनोवृत्तिको शिकार हुनु हो ।
प्रिय पाठक ! हाम्रो समयको सबैभन्दा ठूलो तप्काको यो पात्र के सँधैभरि दास मनोवृत्तिको शिकार भइरहला त ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?