Butwal Today

प्रेस युनियन कपिलवस्तुमा चापागाई

५ श्रावण २०८०, शुक्रबार
अ+
अ-

बुटवल (बुटवलटुडे), ५ साउन– नेपाल प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा खगप्रसाद चापागाई सर्वसम्मत निर्वाचित भएका छन् । युनियनको १२ औँ साधारणसभा तथा ७ औँ जिल्ला अधिवेशनबाट चापागाई अध्यक्षमा निर्वाचित भएका हुन । चापागाईं बुटवल टुडेका बरिष्ठ संवाददाता हुन ।

नयाँ गठन भएको समितिको उपाध्यक्षमा गणेश पोख्रेल, आशा अधिकारी, सचिवमा कृष्ण प्रसाद गैरे, सहसचिव सुष्मा गुरागाई, पुजा गुप्ता, कोषाध्यक्ष बृजेश जयसवाल निर्वाचित भएका छन् ।