ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो
उच्च अदालत तुलसीपुर बुटवल :

दुई बर्ष पुराना मुद्दा ‘शून्य’

५ श्रावण २०८०, शुक्रबार
५ श्रावण २०८०, शुक्रबार

बुटवल, ५ साउन ।  उच्च अदालत तुलसीपुर बुटवल इजलासले एक बर्षमा ६०.३२ प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको छ । गत आर्थिक बर्षमा विभिन्न प्रकृतिका ३ हजार ८ सय ८९ वटा मुद्दा बुटवल ईजलासमा दर्ता भएकोमा २ हजार ३ सय ४६ मुद्दा फछ्र्याैट भएका हुन ।

२ बर्ष माथिका पुराना मुद्दा शून्य बनाउने लक्ष्य सहित काम गर्दै आएको उच्च अदालत तुलसीपुर बुटवल ईजलासका न्यायाधीश नित्यानन्द पाण्डेले बताए ।
२ बर्ष भन्दा पुराना मुद्दा शून्य बनाउन सफल भएको भन्दै न्यायाधीश पाण्डेले भने हरेक बर्ष मुद्दाको संख्या भने थपिँदै गएको बताए । उनले फैसलाको दर समेत बढ्दै गएको भन्दै अदालतको संरचना, उही न्यायाधीश कर्मचारी दरबन्दी भएको कारण केही समस्या भएको बताए । तर उनले साविककै दरबन्दीमा पूर्णरूपमा तदारुकताका साथ काम गर्दा मुद्दा फैसलाको संख्या बढेको बताएका हुन ।
विगत ३ बर्षको तथ्यांक अनुसार बुटवल ईजलासमा हरेक बर्ष मुद्दाको संख्या बढ्दै गरेको छ । २०७७ /७८ मा २५ सय ७८ मुद्दा दर्ता भएकोमा १२ सय ८५ मुद्दा फछ्र्याैट भएका छन् । यस्तै १२ सय ९३ फछ्र्यौट गर्न बाँकी रहेकोमा २०७८/०७९ सालमा मुद्दा संख्या बढेर ३५ सय २४ पुगेको थियो । जसमध्ये १८ सय ७१ वटा मुद्दा फछ्र्याैट भएको थियो । यस्तै १६ सय ५३ मुद्दा हेर्न बाँकी रहेका थिए । २०७९ /०८० मा मुद्दाको संख्या बढेर ३८ सय ८९ पुगेको देखिन्छ । गत आथिक बर्षमा २३ सय ४६ मुद्दा फछ्र्यौट भएका छन् । १५ सय ४३ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले जनाएको छ ।

१२ जना न्यायाधिशको दरबन्दी रहेको भएपनि विगत लामो समयदेखि  ८ जना मात्रै न्यायाधीशले बुटवलमा काम गर्दै आएका छन् ।
जनशक्ति अभावको कारण, जीर्ण भवन भएको कारणले गर्दा सोच अनुसारको लक्ष्य प्राप्त गर्न नसकिएको बुटवल ईजलासका रजिष्ट्रार अच्युत कुईकेलले बताउँछन् । उनी भन्छन्,‘पुरानो भबन जीर्ण साँगुरो भएकाले सोंचेजस्तो सेवा दिन सकिएको छैन ।’ उनले हालैमात्रै अदालतले भवन निर्माणको लागि जग्गा प्राप्त गरेको जानकारी दिँदै उक्त जग्गामा सुबिधासम्पन्न भवन निर्माण गरिने जानकारी दिए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी कृष्णप्रसाद पौडेल सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाईको जानकारी दिँदै दुई बर्ष पुराना मुद्दा शुन्य हुनु आफैमा गौरवको विषय भएको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?