Butwal Today

दाङमा करेन्ट लागेर एकको मृत्यु

५ श्रावण २०८०, शुक्रबार
अ+
अ-

दाङ, ५ साउन ।

दाङको देउखुरीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । लमही नगरपालिका –३ मिलनचोक निवासी रुपनी चौधरीको करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घरको मोटरमा जडान गरिएको तारले करेन्ट लागेको थियो । करेसाबारीमा काम गर्नेक्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।