Butwal Today

बरामद सुन ब्रेक शु सहित जोख्दा १५५ केजी

४ श्रावण २०८०, बिहीबार
अ+
अ-

काठमाडौं, ४ साउन ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट बरामद भएको सुन राष्ट्र बैंकले सुनको तौल लिएको छ।

उक्त बट्टा (ब्रेक शु)सहित जोख्दा १५५ केजी सुन भएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले बताए ।  बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो।

बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजश्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिसकेपछि उक्त सुन टक्सार महाशाखा लगिएको थियो।