ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई
मुक्त कमैयाको प्रश्न :

व्यवस्था फेरियो, अवस्था कहिले ?

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

लमही, ३ साउन ।   गढवा गाउँपालिका–५ खजरौटाका ६० वर्षिय लक्ष्मी प्रसाद चौधरी मुक्त कमैया भएको २३ वर्ष भयो । उनी खजरौटा स्थित सामुदायिक वनको शिविरमा बस्दै आएको २२ वर्ष भयो । तर उनी मुक्त कमैया हँु भन्ने प्रमाण सम्म छैन । चौधरीसंग मुक्त कमैया परिचयपत्र नहुँदा आफू र आफ्ना परिवार राज्यबाट दिइने सेवा सुविधावाट बन्चित रहेको बताउँछन । अर्कोतिर आफू वसेको जग्गा समेत आफ्नो भन्ने केही प्रमाण छैन । चुनावको बेला सबै दलहरूका नेता उनको झुपडीमा जान्छन, उनको अवस्था देख्छन् भोट माग्छन र जित्छन तर उनलाई सपना देखाउँछन तर देखाएका सपना पुरा नभएको बताउँछन ।

उनीजस्तै गढवा–३ गोवरडिहा शिविरका ७० वर्षिय हिमलाल चौधरीको पीडा लक्ष्मीको जस्तै छ । आफना वुवा,आमा दाजुसँगै आफू पनि वर्षौ कम्मैया बसेका उनी कमैया मुक्तीसँगै २१ बर्षदेखि गोवरडिहा विद्यालय नजिकको शिविरमा बस्दै आएका छन । यद्यपि उनीसँग पनि कमैया मुक्ती भन्ने कुनै पनि प्रमाण छैन । उनीहरू जस्तै दाङमा सयांैको समस्या यस्तै छन ।

राज्यले कमैया मुक्ति घोषणा गरेपनि व्यवस्थापन गर्न नसक्दा आफूहरूमा झनै पीडित भएको उनीहरूले बताउँछन । उनीहरूको भन्दा केही फरक पीडामा छन राप्ती ५ का सुन्दर चौधरी । उनको नाममा ५ कठ्ठा जग्गा पाएको प्रमाण छ । तर जग्गामा भने क्रिकेट मैदान रहेको छ । स्थानीय क्लबले जग्गा नदिएपछि थप पीडामा रहेको वताउँछ । केहीको परिचय पत्र छैन,केहीको जग्गाधनी प्रमाण भए पनि जग्गा छैन, कतै खानेपानी, विद्युत लगायतका समस्या रहेका छन ।

दाङमा ४ हजार ११ जना मुक्त कमैया रहेका छन । जस मध्ये हाल सम्म १४ सय २६ जनाले मात्र मुक्त कमैया परिचय पत्र प्राप्त गरेका छन भने ७ सय ५ जनाले जग्गाको जग्गाधनी पूर्जा पाएको मुक्त कमैया समाज दाङका अध्यक्ष हरिस चौधरीले बताए ।

२३औं कमैया मुक्ती दिवश मनाउँदै गर्दा मंगलवार लमहीमा सहभागी भएका मुक्त कमैयाहरूले आफ्नो पीडा जनप्रतिनिधि बीच छरफस्ट पारे । गढवा ५ खजरौटा शिविरकी राममोती राइदासले जनप्रतिनिधिलाइ नै मन्चमा प्रश्न गरिन । खै हाम्रो अधिकार निर्वाचनको वेला सधै हामीलाई लालपूर्जा दिन्छौ भोट दिनुहोस । जिते पछि शिविरमा जान लाज लाग्दैन, खै हामीलाई व्यवस्थापन गरेको । खै गाँउपाकिलाले हाम्रो जिवनस्तर सुधार कार्यक्रम गरेको हो । अझ नभएर पालिकाका उपप्रमुखले बाख्रा, बंगुर वितरण गर्दा खै मुक्त कमैयालाई ठूला भाषण गरेर हुन्छ ? उनले मन्चमै प्रश्न गरिन ।

उनको ति आवाजसंगै सवै सहभागिले सर्मथन गरे यिनको आक्रोशले मुक्त कमैयाहरूमा कति पिडा रहेछ भन्ने जो कोहीले सहज रूपमा अनुभुति गरे । उनिहरूको आक्रोशमा सान्त्वना दिदै लुम्विनी प्रदेश सरकार कृषि तथा भूमि शुधार मन्त्री भण्डारीलाल अहिरले मुक्त कमैया व्यवस्थापनमा राज्येका ३ वटै सरकार लागि परेको वताए । उनले कमैया मुक्तीको घोषणा गर्ने मध्य लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री दिल्ली वहादुर चौधरी भएको र उनि निती निर्माणको नेतृत्वमा पुगेकोले चाडैनै व्यवस्थापन गर्ने वताए ।

यसै गरि राप्ती गााउपालिकाका उपाध्यक्ष रामपति चौधरीले आफू मुक्त कमैयावाट प्रतिनिधीत्व गरेको वताउदै स्थानिय पालिकावाट गर्न सकिने काम गरे पनि परिचयपत्र र जग्गाको जग्गाधनी पूर्जा दिने अधिकार स्थानिय सरकारलाइ नभएको वताइन । उनले स्वरोगार , छात्रा वृद्धी लगायतमा कार्यमा प्राथमिता दिदै आएको वताइन । मुख्य मन्त्री दिल्ली वहादुर चौधरी, अर्थ मन्त्री धन वहादुर मास्केले २३ औ मुक्त कमैया दिवशको अवसरमा शुभकामना दिदै मुक्त कमैया व्यवस्थापन गर्न प्रदेश सरकार लागि पर्ने वताएका छन । नेपाल सरकारले २०५७ साल साउन २ गते मुक्त कमैया घोषणा गरेको थियो ।सोही दिनलाइ मुक्त कमैयाहरूले मुक्तिको दिनका रूपमा मनाउदै आएका छन ।

मुक्त कमैयालाई रोजगारमा जोड्दैछौं : मन्त्री मास्की
लुम्बिनी प्रदेशका अर्थमन्क्री धनबहादुर मास्कीले मुत्त कमैयालाई राजगारीमा जोड्नकालागि बजेट बिनियोजन गरेको बताएका छन् । परेको २३ औं मुक्ती दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै कमैयालाई रोजगारीमा जोड्नकालाग प्रदेश सरकारले बजेट बिनियोजन गरेको बताएका हुन । कमैयाको मुक्ती भएपनि उचित ब्यबस्थापन हुन नसक्नु दुःखद रहेको भन्दै त्यसतर्फ प्रदेश सरकार गम्भीर रहेको बताएका हुन । लुम्बिनी प्रदेश भित्र धेरै पूर्व कमैयाहरू रहेको भन्दै उनीहरूको उचित ब्यबस्थापनमा सरकार दत्तचित्त भएर लागेको समेत उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?