Butwal Today

त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद

३ श्रावण २०८०, बुधबार
अ+
अ-

काठमाडौं ।

त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद भएको छ। बुधबार राति राजश्व अनुसन्धान कार्यालयले विमानस्थलबाट चेकजाँच पार गरिसकेको अवस्थामा सो सुन बरामद गरेको हो।

अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर ८० किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो ।

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयको बाहिर सुन समातिएको स्रोतले बताएको छ । सुन हङकङबाट आएको बताइएको छ ।