Butwal Today

एसीसी इमर्जिङ टिम्स एसिया कप : नेपालले आज युएई ‘ए’ सँग खेल्दै

३ श्रावण २०८०, बुधबार
अ+
अ-

काठमाडौँ ।

एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले आज युएई ‘ए’ सँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार बिहान सवा १० बजे श्रीलंकाको पिसारा ओभलमा हुनेछ। समूह ‘बी’ मा रहेका नेपाल र युएई ‘ए’ दुवै टोली समूह चरणबाट बाहिरी सकेका छन् ।

नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको थियो ।

त्यस्तै युएई पनि भारत र पाकिस्तान ‘ए’ टोलीसँग पराजित भएको थियो ।

आठ टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट श्रीलंका र बंगलादेश तथा समूह ‘बी’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।