Butwal Today

३ अर्ब ३४ करोडको सेयर किनबेच

३ श्रावण २०८०, बुधबार
अ+
अ-

काठमाडौँ

बुधबार सेयरबजारमा ३ अर्ब ३४ करोड ८६ लाखको सेयर कारोबार भएको छ। सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दु पुगेपनि कारोबार रकम केही घटेको हो।

आज ५ उपसमूह घटेका छन् भने ८ बढेका छन् । आज बैंकिङ, डेभलपमेन्ट बैंकिङ, म्यानिफ्क्चरिङ, म्युचल फण्ड र ट्रडिङ उपसमूह बढेका छन्। अन्य उपसुचक भने घटेका छन्।

बुधबार ७३ कम्पनीको सेयर बढेको छ भने १३१ वटाको घटेको छ। त्यस्तै १३ वटाको उही मूल्यमा कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

बजारमा आज ८६ लाख ७४ हजार कित्ता सेयर बिक्री भएका छन्।

आज कमाउने लगानीकर्तामा विपीडब्लु लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। त्यसैगरी विशाल बजार कम्पनीको सेयरमूल्य ७.१६ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य ६.५५ प्रतिशतले बढेको छ।

आज अधिकांश म्युचल फण्ड र ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले केही गुमाउन पुगेका छन्। आज युनाइटेड अजोड इन्स्योरेन्से सर्वाधिक कारोबार भएको छ।

कम्पनीको २३ करोड ५७ लाख रुयैयाँको सेयर किनबेच भएको हो।