ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

दलगत राजनीतिको असर बजेटमा

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

सल्यान, ३ साउन ।

नयाँ आर्थिक वर्ष सुरु भइसक्दा समेत नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको सल्यानको कुमाख गाउँपालिकामा बहुमत कार्यपालिका सदस्यहरु नै बैठकमा उपस्थित नहुने भएपछि झनै समस्या बल्झिने भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले एक विज्ञप्ती नै जारी गर्दै माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यहरुका कारण समस्या भएको भन्दै बजेट तथा कार्यक्रमको लागि प्रक्रिया नै अगाडि बढ्न नसकेको प्रष्टीकरण दिएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकी र नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लाल बहादुर रावतले गाउँपालिकाको लेटर प्याडमा संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै माओवादी केन्द्रका जनप्रतिनिधिका कारण गाउँसभा नै बस्न नसकेको जनाएका हुन् । विभिन्न विषयगत समितिको बैठक, चार पटक बोलाईएको कार्यपालिका बैठक र पालिकाले राखेको सर्वपक्षीय बैठकमा माओवादीबाट प्रतिनिधि गरेका १० जना कार्यपालिका सदस्यहरु सहभागि नभएको विज्ञप्तीमा उल्लेख छ ।

बुहमतको दम्भका कारण गाउँपालिकालाई अनिर्णयको बन्दी बनाइएको भन्दै कुमाखको विकास  निर्माण र प्रशासनिक कार्यमा परेको असरको जिम्मा पनि माओवादीबाट प्रतिनिधित्व गर्ने कार्यपालिका सदस्यले लिनुपर्ने अध्यक्ष र उपाध्यक्षको भनाई छ । माओवादी नेतृत्वसंग बस्दा उनीहरुमा दलगत तथा व्यक्तिगत स्वार्थ बाझिएका शर्तहरु राखेको र कार्यपालिका सदस्यले पनि त्यही शर्तहरु राखेका कारण आफुहरुले विधि र पद्धति वाहिर गएर कानुन विपरित काम गर्न नसकिएको उनीहरुको भनाई छ । गाउँसभाको तयारीका लागि माओवादीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिसंग सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुरुप सहयोगको आशा राखिएको गाउँपालिका अध्यक्ष, उपाध्यक्षले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच माओवादी केन्द्रले भने गाउँपालिकाले झुटको खेति गरिरहेकाले यसको खण्डन विज्ञप्ती मार्फत नै गर्ने जनाएको छ । नेकपा माओवादी केन्द्रका कुमाख गाउँपालिका कमिटी अध्यक्ष डिल्लीराज जैसीले गाउँपालिका नेतृत्वको कमजोरीको कारण समस्या आएको बताए । गएको स्थानीय तह निर्वाचनमा एमाले र काग्रेसले गरेको गठबन्धनले अपरिपक्व तरिकारले सरकार चलाउन खोज्दा कुमाखमा समस्या देखा परेको उनको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?