ट्रेंडिंग:

>> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्शरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
लेख रचना

आज मंगलबारदेखि अधिकमास सुरु

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

आज श्रावण २ गतेदेखि अधिकमासको प्रारम्भ हुँदैछ । सबैले अधिकमास या मलमास भनेर सुनेका त छौँ तर अधिकमास भनेको के हो र यसलाई किन अधिकमास भनिन्छ भन्ने विषय धेरैलाई पक्कै याद पनि छैन होला । त्यसैले यहाँ यही अधिकमासको बारेमा केही बुझाउने प्रयास गरिएको छ ।

पाश्चात्यहरूले मान्ने महिनाहरू सूर्यका मात्र आधारमा छन् भने मुसलमानहरूले मान्ने महिना चान्द्रमाका आधारमा मात्रै छन् । तर हामीले मान्ने महिनाहरू सूर्य र चन्द्रमा दुवैका आधारमा छन् । त्यसैले हामीले हाम्रा दैनिक व्यवहारमा सौरमास र चन्द्रमास मान्दै आएको कुरा लगभग धेरैलाई थाहा नै छ । किनभने व्यवहारमा प्रयोग हुने सङ्क्रान्तिले सौरमहिनाको प्रतिनिधित्व गर्दछ भने दसैँ, तिहार, कृष्णजन्माष्टमी आदि हाम्रा चाड पर्वहरूले चान्द्र महिनाको प्रतिनिधित्व गर्दछन् । अधिकमास के हो भन्ने बुझ्न पहिले सौर महिना र चान्द्र महिनाको बारेमा जानकारी लिनुपर्ने भएकाले पहिले यी महिनाहरूको बारेमा केही परिभाषा दिने प्रयास गरिन्छ ।

आज यो महिनाको फल्नो गते हो भन्ने विषय सौरमहिना सम्बन्धी हो । गते भनेको सौरमहिनाको अवयव भएकाले गते–गते मिलेर सौरमहिना बन्दछ । कसैले कुनै दिन आज वैशाख महिनाको ५ गते हो भन्यो भने सूर्य मीन राशीको भोग पूरा गरी मेष राशीको क्षेत्रबाट पनि केही अगाडि बढेछन् भन्ने बुझ्नुपर्दछ । १–२–३ हुँदै गते बढ्दै जानु भनेको वृत्तरूपमा देखिएको आकाशको ३६० अंशलाई १२ भाग लगाइएको मध्येको कुनै भागमा सूर्य अगाडि बढिरहेछन् भन्ने जान्नुपर्दछ । त्यसैले सूर्यको गति अनुसार मानिने महिना नै सौरमहिना हो । सौरमहिना मोटामोटी ३० दिनका हुन्छन् भने पनि स्पष्टमानमा कहिले २९ त कहिले ३१ त्यस्तै कहिलेकाहिँ त ३२ पनि हुन्छन् । अतः सूर्यले एक राशी पार गरी महिना पूरा हुन लाग्ने समय नै सौरमहिना हो ।

तिथि–तिथि मिलेर चान्द्रमहिना बन्दछ । त्यसैले तिथि चान्द्रमहिनाको अवयव हो भन्ने बुझ्नुपर्दछ । चान्द्रमहिनालाई दुई भाग लगाइएको हुन्छ– शुक्लपक्ष र कृष्णपक्ष । कसैले आज वैशाखशुक्ल प्रतिपदा हो भन्यो भने एक महिनामा हुने कृष्णपक्ष र शुक्लपक्षमध्ये १५ तिथिको कृष्णपक्ष पूरा भई आज शुक्लपक्षको पहिलो तिथि रहेछ भन्ने बुझ्नुपर्दछ । तिथिलाई हाम्रा आचार्यहरूले सूर्य र चन्द्रमाको राशिभोगको अन्तर अनुसार गणना गर्ने गरेका छन् । तिथि ३० संख्यामा हुने हुनाले ३६० अंशलाई ३० ले भाग गरी आएको भागफल १२ अंश नै एउटा तिथिको मान हुन आउँछ । सूर्य र चन्द्रमा एकै राशीमा भएको समय अमावास्या तिथि हुन्छ भने त्यसपछि तिनीहरूको अन्तर १२ अंशका भागले जति बढ्दै जान्छ त्यति नै संख्यामा तिथि बढ्दै बढ्दै जाने हुन्छन् । अतः चन्द्रमा नदेखिने एक अमावास्यादेखि अर्को अमावास्यासम्मको समय नै चान्द्रमास हो ।

सूर्यदेखि नापिएको चन्द्रको गति अनुसार मानिने महिनालाई चान्द्रमहिना भनिएको हो । आकाशमा सौरमहिनाको अवस्था हामीले अनुभव गर्न नसकिएपनि चान्द्रमहिनाको भने प्रत्यक्ष अनुभव गरिरहेका हुन्छौँ । अमावास्याका दिन नदेखिएका चन्द्रमा शुक्लप्रतिपदाबाट विस्तारै देखिन थाल्दछन् भने पूर्णिमाको दिन त पूर्ण वृत्ताकारमा देखिन्छन् । त्यसपछि कृष्णप्रतिपदाका दिनदेखि विस्तारै साना देखिँदै गएका चन्द्रमा अमावास्याका दिन पूर्णरूपमा नदेखिने हुन्छन् । आखिर आकाशमा यस्तो अनुभव हुने समयलाई नै हाम्रा आचार्यहरूले चान्द्रमहिनाको नाम दिएका हुन् । तिथिका हिसाबले ३० तिथिको एक चान्द्रमहिना हुने भनिएतापनि दिनका हिसाबले साढे उनन्तिस सावनदिनको एक चान्द्रमास हुन्छ ।

बाह्र सौरमहिना मिलेर एक सौरवर्ष हुन्छ भने त्यस्तै बाह्र चान्द्रमहिना नै मिलेर एक चान्द्रवर्ष हुन्छ । माथि भनिए अनुसार २९ देखि ३२ सम्मका १२ सौरमहिनाका दिन मिलेर ३६५ दिन र केही समयको एकसौरवर्ष हुन्छ । त्यस्तै साढे उनन्तिस सावन दिनका १२ चान्द्रमहिनाका दिन मिलेर ३५४ दिनको एक चान्द्रवर्ष हुन आउँछ । यी सौरवर्ष र चान्द्रवर्ष बराबर भएका भए त केही आपत नै हुँदैनथ्यो । तर यिनीहरूको अन्तर वार्षिकरूपमा लगभग ११ दिनको हुने भयो । अर्थात् कुनै वर्ष एकै दिनका दिन प्रारम्भ भएका दुबै सौर–चान्द्रवर्षमध्ये अर्को वर्ष सौरवर्षको प्रारम्भ चान्द्रवर्षको प्रारम्भ भन्दा ११ दिन ढिलो हुने भयो । यो अन्तर बढ्दै गयो भने लगभग ३३ वर्षमा पुरा एक वर्षकै फरक पर्ने भयो । यस्तो किसिमको अन्तर पार्नु आचार्यहरूले उचित मानेनन् । त्यसैले वर्षमा ११ दिनले बढ्दै गएको सौरचान्द्रमासको अन्तरलाई एकत्रित गरी लगभग तीन वर्षमा एक चान्द्रमहिना थप्ने रीति चलाए । यही थपिएको महिना नै अधिकमहिना हो । जसलाई हामीले व्यवहारमा मलमास या पुरुषोत्तम मास पनि भन्ने गरेका छौँ । त्यसैले अधिकमास परेका वर्ष १३ चान्द्रमहिनाको एक चान्द्रवर्ष भएको हो ।

अधिकमास भएको चान्द्र महिनाभित्र सौरमहिनाको सङ्क्रान्ति परेको हुँदैन । त्यसैले यो वर्ष परेको श्रावण अधिकमासभित्र एउटा पनि सूर्य संक्रान्ति छैनन् । अर्थात् श्रावण २ गतेबाट सुरु भएको अधिकमास श्रावण ३१ गतेका दिन सकिनेछ । अधिकमासका समयमा शास्त्रहरूले के कुरा गर्ने र के कुरा नगर्ने भनेर स्पष्ट बताएका छन् । मुहूर्तचिन्तामणिमा रामदैवज्ञले यो समयमा गृहप्रवेश, एकादशी आदि व्रतारम्भ, देवस्थापन, मन्त्रग्रहण, चौलकर्म, व्रतबन्ध, विवाह, कर्णवेध, गृहारम्भ आदि एवम् काम्य कर्महरू गर्न नहुने बताएका छन् भने जातकर्म, नामकरण, अन्नप्राशन आदि यति दिन यति महिनामा गर्नैपर्ने भन्ने शास्त्रवचनले युक्त कर्महरू रोक्न नपर्ने बताएका छन् ।

अन्त्यमा यस किसिमको गणितीय आधारले बनाइएको अधिकमासलाई एकदमै केही पनि होइन भनेर पनि होइन र ओहो के के न रहेछ यसबेला त दानकर्म आदि गरेर स्वर्गै गइने रहेछ क्यारे भनेर पनि होइन कि शास्त्रहरूले जे काम गर्न भनेका छन्, त्यस्तै जे काम नगर्न भनेका छन् ती सबै कुराहरूको विचार गरी कार्य गर्दा अत्यन्त उत्तम हुन जान्छ । विशेषगरेर काँसको थालमा ३३ मालपुवालाई पहेँलो पिताम्बरले छोपेर सुनको प्रतिमासहित दान गर्ने कामका लागि त्यस्ता मठ मन्दिरहरू जहाँका आम्दानीले गुूरुकुलहरू चलेका छन्, ती पण्डितजीहरू जसले आफूले गर्नपर्ने सन्ध्याबन्धन आदि कर्म नछोडिकन संस्कृत र संस्कारको सेवा गरिरहेका छन्, जसले गुरुकुलमा बसेर विद्याध्ययन गराइरहेका छन् त्यस्ता सुस्थान र सुपात्रहरू रोज्न सकियो भने बल्ल पुरुषोत्तम मासमा गरिएको दानको सदुपयोग हुन जानेछ । अस्तु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?