ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

यी हुन् साउनमा भीड लाग्ने रुपन्देहीका शिवालयहरु (फोटो फिचरसहित)

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

बुटवल, २ साउन ।

साउन महिना, आराध्यदेव भगवान शिवको आराधना गर्ने धार्मिक एवं साँस्कृतिक हिसावले उत्तम महिना हो । हिन्दु धर्मालम्वीहरुले साउन महिना र सोमबारलाई भगवान शिवको स्मरण गर्ने, पुजाआजा गर्ने, व्रत बस्ने, खाद्यान्न तथा द्रब्य दान गर्ने आदि कार्य गर्ने विशेष दिनका रुपमा मान्ने चलन छ । सोमबार साउने संक्रान्ति, सोमबार र औंशी एकैदिन परेको थियो । जसलाई हिन्दु धर्ममा अद्भुत संयोगका रुपमा लिने गरिन्छ । हरेक साउनमा खासगरी शिव ज्योतिर्लिङ्गमा गंगाजल अर्पण गर्ने परम्परा छ ।

देशकै ठुलो प्रसिद्ध धार्मिक तीर्थस्थल काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालय मन्दिरहरुमा साउन महिनाभर श्रद्धालु भक्तजनको भीड निकै लाग्दछ । यो महिना शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास सहित मन्दिरहरुमा भक्तजनको भीड लाग्ने गरेको छ ।

साउनको सोमबार शिवलाई पवित्र गंगाजल, बेलपत्र, धतुरो, आंक, दुध, आदि चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता र धार्मिक विश्वास छ । साउन महिना र सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्ने पण्डित किशोरकुमार गौतमको भनाई छ । एकप्रकारले विशेष चाडपर्वकै रुपमा साउने सोमबारका दिन निराहार ब्रत बसी भगवान शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुने र पुण्य प्राप्त हुने, अविवाहितले राम्रो र गतिलो श्रीमान पाउने र विवाह भैसकेकाले आफ्नो पति र सन्तानको दीर्घायुको कामना गर्दै याबर्त गर्ने गरेको पाइन्छ ।

पर्रोहा परमेश्वर बोलबम धाम सैनामैना


धार्मिक साँस्कृतिक एवं पुरातात्विक महत्व र धार्मिक पर्यटकीय गन्तव्यका पश्चिम नेपालको प्रसिद्ध तीर्थस्थल हो रुपन्देहीको सैनामैनास्थित पर्रोहा परमेश्वर बोलबमधाम । पश्चिमको पशुपतिनाथका रुपमा परिचित पर्रोहा बोलबम धाममा साउन महिनाभर श्रावणी मेला लाग्दछ । नेपाल र भारतका प्रसिद्ध तीर्थस्थल र गंगाहरुबाट जल उठाई यहाँ ल्याएर अर्पण गर्ने चलन छ । पण्डित गौतमका अनुसार नेपालको सबैभन्दा पुरानो बोलबम धाम जहाँ स्वयं उत्पत्ति शिवज्योतिर्लिङ्ग विराजमान रहेको रुपन्देहीको पर्रोहा परमेश्वर बोलबम धाममा हरेक वर्ष लाखौं भक्तजनले जलार्पण गर्ने गर्दछन् । पश्चिम नेपालको प्रमुख ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्वको प्रसिद्ध तीर्थस्थलका रुपमा परिचित पर्रोहा परमेश्वर बोलबम धाममा रहेको स्वयं उत्पत्ति शिवज्योतिर्लिङ्ग हुन् भन्ने विश्वास लिइन्छ । शिव ज्योतिर्लिङ्गमा गंगाजल उठाई खालीखुट्टा पैदल यात्रा गरी जलार्पण गरेमा पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।

पहेंलो गेरुवा वस्त्र धारण गरी कपिलवस्तुको लक्ष्मणघाट, रुपन्देहीको रामघाट, तनहुँको देवघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी, मुस्ताङ्गको मुक्तिनाथ, प्यूठानको स्वर्गद्वारी, काठमाडौंको सुन्दरीजल, पशुपतिनाथ लगायतका स्थानहरुबाट गंगाजल उठाई यहाँ ल्याई अर्पण गर्नेहरुको महिनाभर घुइँचो लाग्ने गर्छ । गंगोत्री, जमुनोत्री, काशी, गया लगायतका भारतका विभिन्न तीर्थस्थलका गंगाहरुबाट जल उठाई पर्रोहा बोलबम धाममा अर्पण गर्ने गरिएको पण्डित गौतमको भनाई छ ।

यसरी शिव ज्योतिर्लिङ्गमा पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ती हुने, बाढी, पहिरो नदी कटान, भू–क्षय जस्ता प्राकृतिक प्रकोप र वर्षायाममा लाग्ने विभिन्न रोग ब्याधीबाट मुक्ति मिल्ने धामका संरक्षक समेत रहेका ब्यासाचार्य पण्डित गौतम बताउँछन् । पर्रोहा क्षेत्र बौद्धकालीन ५ शहर मध्ये एक रहेको कुरा प्राचीन ग्रन्थहरुमा उल्लेख गरिएको पाईन्छ । बुटवलदेखि १३ किलोमिटर पश्चिममा रानीबगिया भन्ने स्थानमा पुर्व पश्चिम महेन्द्र राजमार्गबाट दक्षिणमा रहेको रुपन्देहीको पर्रोहा परमेश्वर स्वयं उत्पत्ति शिवज्योतिर्लिङ्ग बोलबम धामको संरक्षण र समुचित विकास गर्न सकेमा यसक्षेत्रको धार्मिक पर्यटनको प्रवद्र्धन र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

सिद्धवावा र सिद्धबावा धाम

पश्चिम नेपालकै महत्वपूर्ण संगमस्थलका रुपमा रहेको शहर बुटवलको शिरमा लुम्बिनी अञ्चलको पशुपतिनाथ भनेर चिनिने प्रसिद्ध सिद्धबाबा मन्दिर, सिद्धबाबा धाम लगायतका महत्वपूर्ण स्थलहरु रहेका छन । नाङ्गा डरलाग्दा चट्टानहरुले बनेको कुइरे भिर, त्यसको काखमा रहेको छ, सिद्धबाबाको मन्दिर र सिद्धबाबा धाम । साउने सोमबार यसक्षेत्रमा पनि निकै घुइँचो लाग्छ जलार्पण गर्ने दर्शनार्थीहरुको । सोमबार पहिलो दिन विहानैदेखि यसक्षेत्रमा निकै भिडभाड समेत भएको थियो ।

प्रत्येक बिहान तराई र पहाडबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु सिद्धबाबाको दर्शन गर्न यहाँ आउँछन् । विशेष रुपले साउने सोमवार, महाशिवरात्री, शनिबार जस्ता दिनहरुमा यहाँ भिड लाग्ने गर्दछ । सिद्धबाबा अर्थात भगवान् शिवको दर्शनले शान्ति र आरोग्य मिल्ने तथा मनकामना पूरा हुने जनविश्वास पनि रहेको छ । यहाँको अर्को रमाईलो कुरा छ जुनसुकै मौसममा पनि सिद्धबाबा मन्दिरको माथि पहाडमा हरेक बिहान बादल अर्थात कुहिरो लागेकै हुन्छ । रहस्यमय ढंगले देखिने यो कुहिरोको बारेमा जनश्रुति के छ भने हरेक बिहान सिद्धबाबाले गाँजा खाएर धुवाँ उडाएको हो । यसको रहस्यका बारेमा अनुसन्धान भने हुन सकेको छैन ।

नरैनापुर स्थित नरेश्वर धाम, सेमलार

रुपन्देहीको बुटवल उपमहानगरपालिका साविक सेमलार गाविसमा रहेको प्रसिद्ध धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको नरैनापुरस्थित नरेश्वरधाम क्षेत्रमा पनि साउने सोमवार भिड लाग्ने गरेको छ । साउनको सोमबार, शिवरात्री, शनिवार जस्ता दिनहरुमा यहाँ दर्शनार्थीहरु आउने गर्दछन् । यस क्षेत्रमा शिवरात्रीको अवसरमा ठुलो ७ दिने धार्मिक मेला समेत लाग्ने गर्दछ । यस्तो ऐतिहासिक महत्व बोकेको यो स्थानको आवश्यक प्रचारप्रसार गर्न सकेमा आन्तरिक तथा वाह्य धार्मिक पर्यटकहरु भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिन सकिन्छ । यहाँको मन्दिरको बिषयमा बुद्धकालीन इतिहासमा तिलोत्तमा नदी किनारमा ऋषिहरु विश्राम गर्ने स्थलका रुपमा उल्लेख गरिएको छ ।

स्वामीनारायण मुक्तिनाथ धाम, बुटवल १२ नयाँगाउँ

पछिल्लो समय हिन्दु धर्मालम्बीहरुको आस्था र धरोहरको रुपमा स्थापित प्रसिद्ध मन्दिर हो बुटवल १२ नयाँगाउँमा अवस्थित स्वामिनारायण मुक्तिनाथ धाम । श्री स्वामीनारायण मुक्तिनाथ धाम बुटवलबाट करिब ६ किलोमिटर टाढा पश्चिममा रहेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब ५ सय मिटर दक्षिणमा रहेको यो मन्दिरमा १ सय ८ जलधारा, १ सय ८ शिवलिङ्ग, शिवको मूर्ती र ठुलो त्रिशुल यहाँका विशेषताहरु हुन् । साउन महिनाभर बुटवल लगायत आसपासका क्षेत्रबाट यहाँस्थित विशाल शिवलिङ्गमा जलार्पण गर्ने आउने दर्शनार्थीहरुको निकै घुइँचो नै लाग्ने गर्दछ । यो क्षेत्रलाई धार्मिक दृष्टिले निकै महत्वपूर्ण स्थानका रुपमा लिने गरेको पाइन्छ ।

निलकण्ठ बाबाधाम बुटवल ७, दिपनगर

बुटवलबाट नजिकै रहेको अर्को धार्मिक तीर्थस्थलका रुपमा यहाँ अवस्थित निलकण्ठ बाबाधामको मन्दिरलाई लिने गरिन्छ । बुटवल ७ दिपनगरमा रहेको खुल्ला र फराकिलो स्थान जंगलको फेदीमा रहेको यो मन्दिरमा हरेक सोमबार, मंगलवार, शनिवार, शिवरात्री जस्ता दिनहरुमा विशेष दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । यस स्थलमा हिन्दु सनातन धर्मको संरक्षणका दैनिक होम, स्वस्तिवाचन, रुद्री, लक्ष्यदिप गर्नुका साथै संस्कृत पाठशाला समेत संचालनमा रहेको छ । हाल कक्षा ६ देखि १२ सम्म संस्कृत बिषयका पढाई हुने यस विद्यापिठमा विभिन्न जिल्लाबाट बटुकहरु आउने गरेको पाइन्छ । यसक्षेत्रको अझ प्रचारप्रसार गर्न सकेमा धार्मिक पर्यटकहरुको ठुलो संख्यामा भित्राउन सकिने विश्वास छ । स्थानियहरुको पहलमा स्थापना गरिएको यो धाम अत्यन्तै सुन्दर र दर्शनियस्थलका रुपमा विकास हँुदै गैरहेको छ ।

श्रृङ्गेश्वर धाम तिलोत्तमा–४, डिङ्गरनगर

गुल्मीबाट बसाई सराई गरी रुपन्देही र आसपासका जिल्लामा बसोबास गर्दै आएका गुल्मेलीहरुको सक्रियतामा निर्माण गरिएको धाम हो श्रृंगेश्वर धाम । गुल्मेली सम्पर्क समाज रुपन्देहीको साझा प्रयासमा तिलोत्तमा डिङ्गनगर स्थित श्रृङे्श्वरधाम मन्दिर निर्माण गरिएको छ । यसक्षेत्रमा पनि साउने पहिलो सोमबार जलार्पण गर्ने भक्तजनको निकै भिड लागेको थियो । यस पवित्र स्थलमा हरेक सोमबार, मंगलवार, शनिवार भक्तजनको विशेष घुइँचो लाग्ने गरेको पाइन्छ । स्थानीय पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गैरहेको श्रृंगेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र लगायत संरचना निर्माण भैरहेका छन् ।

शिवपुरी पितृ स्मृतिधाम बुटवल–१२, तामनगर

बुटवल १२ तामनगरमा रहेको शिवपुरी पितृ स्मृति धाममा पनि साउने सोमबार, शिवरात्री तथा सोह्र श्राद्ध जस्ता पर्वमा विशेष भिड हुने गर्दछ । पूर्व–पश्चिम राजमार्गबाट नजिकै रहेको यसक्षेत्रको स्थानीय स्त्तरबाट अझ प्रचारप्रसार गर्न सके यहाँ आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु भित्र्याउन सकिने विश्वास छ । यहाँको विशेषता यसक्षेत्रकै सबैभन्दा ठूलो शिवमूर्ती रहेको छ ।

त्यस्तै बुटवलको कालिकानगरमा कालिकापथमा अवस्थित शिवालय मन्दिर तथा अन्य क्षेत्रमा समेत शिवालय मन्दिरहरु रहेका छन् । ती क्षेत्रमा पनि जलार्पण गर्ने भक्तजनहरुको विशेष भिड लाग्ने गर्दछ । आज पहाडी क्षेत्रमा घरघरमा लुतो फाल्ने, तराईमा हातमा मेहेन्दी, पहाडमा तिउरी लगाउने चलन समेत रहिआएको छ । साउन महिनालाई हरियाली महिनाको रुपमा लिने हुनाले पनि यो महिनाभर हरियो, पहेंलो बस्त्र लगाउने, महिलाहरुले हातमा मेहेन्दी, हरियो र पहेंलो चुरा लगाउने गर्दछन् । यसो गर्दा आफ्ना श्रीमान तथा सन्तानको दीर्घायु हुने, रोग व्याधा, बाधा ब्यवधानहरु हट्न गई श्रीवृद्धि हुने र घरपरिवारमा सुख शान्ति छाउने जनविश्वास रहेको छ ।

तस्विरहरुः मिना ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?