ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

भैरहवा भन्सारको राजस्व : लक्ष्य डेढ खर्ब, उठ्यो ७७ अर्ब

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

बुटवल, २ साउन ।

मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा लक्ष्यको आधा पनि भन्सार राजस्व संकलन गर्न सकेन । १ खर्ब ५५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा ७७ अर्ब रुपैयाँमात्र राजस्व असुली भएको हो । अघिल्लो वर्षको तुलनामा पनि यो ज्यादै कम हो ।

आर्थिक मन्दीका कारण कम आयात हुनु र सरकारको अन्य नीतिगत समस्याका कारण राजस्व असुली खुम्चिन पुगेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा १ खर्ब २७ अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा १ खर्ब १५ अर्ब रुपैयाँ असुली भएको थियो । भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले बढी भन्सार राजस्व दिने वस्तुकै आयात घटेको र अघिल्लो आवमा भएको असुलीको तुलनामा राजस्व संकलनको लक्ष्य निर्धारण पनि बढी भएको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा ३६ प्रतिशतले बढी लक्ष्य निर्धारण गरिएको थियो । ‘२०७९ वैशाखदेखि मंसिर महिनासम्म साना गाडीको आयातमा सरकारले रोक लगायो तर लक्ष्य यथावत् नै रह्यो,’ पौडेलले भने, ‘बढी राजस्व दिने डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको पनि आयात घटेको छ ।’ यी वस्तुको आयात घट्नुमा आर्थिक मन्दी र केही नीतिगत कारण पनि रहेको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले केही समयअघि व्यापारिक सामानको आयातमा अनिवार्य एलसी खोल्नु पर्ने प्रावधान ल्यायो । उक्त नियम झन्झटिलो भन्दै व्यवसायीले आयात कम गर्न थाले । यसबाट कपडा, जुत्ता–चप्पल, अटो पार्ट्स, ड्राई फुड्स, चिनीलगायत व्यापारिक सामानको आयात घट्यो । बरु, यी वस्तु अवैध तरिकाबाट भित्रिन थाले । अहले ती सामानको आयातमा अनिवार्य एलसीको प्रावधान हटे पनि ती वस्तुको आयात अहिले पनि बढ्न सकेको छैन । आयात नबढ्नुमा आर्थिक मन्दीको प्रभावलाई कारण मानिएको छ ।

एमएस फलामे ब्लेडको आयातमा लाग्दै आएको अन्तःशुल्क सरकारले बढाउने र एमएस फलामे ब्लेडको कच्चा पदार्थ स्पन्ज आइरनको आयातमा भन्सार महसुल छुट दियो । यसबाट स्पन्ज आइरनको आयात बढ्यो तर राजस्व बढेन । एमएस फलामे ब्लेडको आयात घट्यो, राजस्व पनि घट्यो । अमलेखगन्जबाट डिजेलको आपूर्ति पाइप लाइनबाट गर्न थालेपछि यसको आयात भैरहवा नाकाबाट धेरै परिमाणमा घटेको छ ।

साना सवारी साधन, फलामे एमएस ब्लेड र पेट्रोलियम पदार्थको आयातबाट भैरहवा भन्सारको कुल राजस्व संकलनमा झन्डै २५ प्रतिशत योगदान रहने गरेको थियो । भैरहवा भन्सारमा जिप, कार, भ्यान, मोटरसाइकल, पिकअप तथा डेलिभरी भ्यान, एमएस ब्लेड, पेट्रोल, ग्लेज टायल, डिजेल, एलपी ग्यास, मार्वल र मोबाइल आयात गर्दा राजस्व धेरै उठ्थ्यो । भन्सार तथ्यांकअनुसार अघिल्लो आव २०७८÷७९ मा यी वस्तुको आयातबाट ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठेको थियो । आव २०७९÷८० मा यी वस्तुको आयात घट्दा ३० अर्ब ७२ करोड रुपैयाँमात्र राजस्व उठेको छ । ‘चाडपर्वका लागि कपडालगायत खुद्रा व्यापारिक वस्तुको आयात बढ्नुपर्ने हो,’ भन्सार प्रमुख पौडेलले भने, ‘तर आयात नबढेकाले भन्सारका यार्ड (गोदाम) खाली नै छन् ।’

भैरहवा भन्सार हुँदै नेपालबाट निर्यात हुने वस्तु भने अघिल्लो आवको तुलनामा बढेको छ । अघिल्लो आवको तुलनामा ३८ दशमलव ८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरका विभिन्न नेपाली वस्तु विदेश निकासी भएकामा २०७९÷८० मा १० अर्ब ९५ करोड रुपैयाँ बराबरको निकासी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?