ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
सम्पादकीय

एसइईपछि विद्यार्थीको गन्तब्य, बिदेश पलायन रोक्न अब ढिलाई नहोस्

२ श्रावण २०८०, मंगलवार
२ श्रावण २०८०, मंगलवार

माध्यमिक शिक्षा परिक्षा (एसइई) को नतिजा प्रकाशन भएसंगै विद्यार्थीहरू आफ्नो शैक्षिक भविष्यलाई लिएर एकसाथ चिन्तितसंगै हर्षित पनि भैरहेका छन । कुन बिषय पढ्ने, कहाँ पढ्ने, त्यसका लागि खर्च कति लाग्ने ? आदि बिषयले विद्यार्थीसंगै अभिभावकहरूलाई पनि चिन्तित बनाउनु स्वाभाविक हो ।

अर्कोतर्फ उच्च शिक्षाको बाटो खुलेकोमा विद्यार्थीहरूमा हर्ष पनि छ । निश्चितरूपमा आजको सूचना र प्रविधिको युगमा प्राविधिक शिक्षा सवैभन्दा महत्वपूर्ण रहँदै आएको छ । विद्यार्थीहरूले आफ्नो पढाई अनुसारको रोजगारी पाउने भएकोले अहिले बिषय छनौटमा विद्यार्थीहरूले ध्यान दिनु जरुरी छ । त्यसो त धेरै विद्यार्थीहरूले आफ्नो प्राप्ताङ्क अनुसार बिषय छनौट गरि उच्च शिक्षा अध्ययनको तयारी पनि गरिरहेका छन । कलेजहरूले समेत विद्यार्थी भर्नाको आवेदन खोलीसकेको अवस्थामा बिद्यार्थी र अभिभावकहरूले अव ढिलो नगरी शैक्षिक गन्तब्य रोज्नु जरुरी छ । विद्यार्थीहरूले पनि आफूले सक्ने बिषय रोजेर आफ्नो शैक्षिक यात्रालाई अघि बढाउनु श्रेयष्कर हुन्छ । पहिले एउटा बिषय छनोट गर्ने तर नसकेर बिचमै अर्को बिषय लिएर अध्ययन गर्ने विद्यार्थीहरूको संख्या पनि उत्तिकै छ । त्यसले समयमात्रै बर्बाद गराउँछ । तसर्थ त्यस बिषयमा पनि विद्यार्थीहरूको गंभीररूपमा ध्यान जाओस् । आजको युगमा गुणस्तरीय शिक्षाबिना दक्ष जनशक्ति उत्पादन हुन सम्भव छैन ।

दक्ष जनशक्तिको अभावमा देशका हरेक क्षेत्र कमजोर हुन्छन् भन्ने कुरा राज्यले बुझ्नु जरुरी छ । गुणस्तरीय शिक्षादिनु नै असल समाज निर्माण गर्नु हो । यसको अर्थ बालबालिकाले प्राप्त गर्ने शिक्षाको आधारमा नै त्यस देशको भविष्यको दिशानिर्देश भएको हुन्छ भन्ने हो । आज हाम्रा देशका शिक्षालय राजनीतिक चपेटामा परेका छन् । शैक्षिक संस्था खासगरी सरकार क्याम्पसहरू बेरोजगार जनशक्ति उत्पादन गर्ने उद्योगको रूपमा देखिन थालेका छन । राज्यसँग अझैपनि शिक्षालयको व्यवस्थापन र सञ्चालन गर्ने दृष्टिकोण प्रस्ट छैन ।

ठोसरूपमा शिक्षा क्षेत्रका कमी कमजोरी खोज, अनुसन्धान भएको छैन । यस्तो अलमलको वातावरणमा कसरी शिक्षालयको साख बढ्न सक्छ ? यो बिषयमा राज्यको ध्यानसंगै विद्यार्थी र अभिभावकहरूको समेत ध्यान जानु जरुरी छ । राम्रो शिक्षाको नाममा विद्यार्थीको रुची नै नभएको बिषयमा जबरजस्ती धकेल्ने काम समेत भविष्यमा प्रत्युत्पादक हुन सक्छ । तसर्थ यस बिषयमा धेरै सोच बिचार गरेर विद्यार्थी र अभिभावकले निर्णय गर्नुपर्दछ । संसारको जुनकुनै राष्ट्रले शिक्षालाई गुणस्तरीय, वैज्ञानिक, अनुसन्धानमूलक एवं रोजगारमैत्री बनाउनेतर्फ लक्षित गर्दै शिक्षा नीति र भिजन लिएर अघि बढेका छन् । नेपालले पनि त्यो दिशामा कदम चाल्नु जरुरी छ । यद्यपि नेपालले पछिल्लो समय शिक्षामा धेरै फडको मारेको छ । तर बिडम्वना आफ्नो सुन्दर भविष्यको कल्पना गर्दै हजारौं विद्यार्थीहरू अहिले बिदेश पलायन भैरहेका छन ।

नेपालमा भविष्य नदेख्ने अवस्था आउनु भनेको चिन्ताजनक कुरा हो । शिक्षाकै लागि विदेश पलायन हुनुपर्ने अवस्था भन्दापनि भविष्यको चिन्ताले विद्यार्थीहरू बैदेशिक मोहमा परेका छन । यो गंभीर अवस्था हो । अवका दिनमा युवाहरूलाई स्वदेशमै टिकाउने बाताबरण कसरी बनाउने भन्ने बिषयमा पनि नेपाल सरकार खासगरि शिक्षा मन्त्रालयले योजना बनाउनु जरुरी छ । होइन भने विद्यार्थीहरू पलायन हुने यही अवस्था नरोकिने हो भने यसले ठूलो संकट निम्त्याउने छ । राज्यले शिक्षा आजको अवस्थामा आउनुको पछाडिका कारण खोजी गर्नुपर्छ । विद्यार्थीहरूले पनि नेपालमै अध्ययन सकाएर बल्ल भविष्य खोज्दै बैदेशिक गन्तब्य रोज्दा राम्रो हुन्छ । अहिले उच्च शिक्षाको अवसर खोजीरहेका विद्यार्थीहरूले आफ्नो देशको बिषयमा पनि चिन्ता गर्ने भैसकेको हुँदा बिदेश मोह त्यागेर देशमै केही गर्नुपर्छ भन्ने सोँच र धारणालाई प्राथमिकतामा राख्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?