ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

नेपालको दोश्रो चरणको यात्रा समाप्त

१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

बर्दघाट, १ साउन । एसीसी इमर्जिङ क्रिकेट प्रतियोगितामा नेपालको दोश्रो चरण यात्रा सकिएको छ । भारतसँगको खेलमा ९ विकेटले पराजित भएसँगै नेपालको दोश्रो चरण यात्रामा पूर्णविराम लागेको हो ।

श्रीलँकाको कोलम्बोमा जारी प्रतियोगिताको दोश्रो खेलमा टस जिती पहिले ब्याटिङ रोजेको नेपालले कमजोर प्रदर्शन गरेको थियो । नेपालले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन जोडन सक्यो ।

सुरुवाती ब्याटरहरु चल्न नसक्दा नेपालको ब्याटिङ लाइन धरमराएको थियो । ओपनर कुशल भुर्तेल पहिलो ओभरको दोश्रो बलमै सुन्यमा आउट भए । निकै फितलो ब्याटिङ गरेको नेपालले १० ओभरको खेल समाप्त हुँदा ५ विकेट गुमाएर मात्र ३७ रन बनाएको थियो ।

कप्तान रोहित पौडेलले सम्हालिँदै ब्याटिङ गर्दै ब्यक्तिगत ६५ रन जोडेका थिए । अलराउण्डर गुलशन झा ले आक्रमक पारी खेल्दै ३० बलमा ३८ रन जोडेका थिए । देव खनालले १५ र सोमपाल कामीले १४ बाहेक अन्य ब्याटरहरुले दोहोरो अँक समेत जोडन सकेनन् ।

भारतका लागि निशान्त सिन्धुले ४, राजवर्धनले ३, हर्षित रानाले २ र मानव सुथारले १ विकेट जोडेका थिए । १ सय ६८ लक्ष्य पच्छाएको भारत ए ले निर्धारित लक्ष्य २२ दशमलव १ ओभरमा १ विकेटको क्षतिमा भेटायो । भारतका लागि अभिषेक शर्माले ६९ बलमा ८७ रन बनाउँदै आक्रमक सुरुवात गरे । भारतका अर्का ओपनर साइ सुदर्शनले अविजित ५८ रन जोडे ।

नेपालको लागि एकमात्र विकेट कप्तान रोहित शर्माले लिन सफल रहे ।

जितसँगै भारत समुह बि को अँक तालिकाको शिर्षस्थानमा रहेको छ । २ खेलमा २ जित नै हात पारेको पाकिस्तान नेट रनरेटको आधारमा समुहको दोश्रो स्थानमा रहेको छ । २ खेलमा दुबै खेलमा पराजित हुँदै नेट रनरेटको आधारमा नेपाल तेश्रो र युएइ चौथो स्थानमा रहेका छन ।

नेपालले तेश्रो खेल युएइ सँग खेल्ने छ । नेपाल र युएइ दोश्रो चरण प्रवेशबाट वञ्चित भइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?