ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

हराउँदै साउने संक्रान्ति संस्कृति

साउने सक्रान्तिका दिन लुतो फाल्ने, तिउरी लाउने संस्कृति हराउँदै गएको छ । यसको ठाउँमा अहिले मेहदी र हरिया चुराले स्थान बनाएको छ । भने पुरुषहरूले पहेलो बस्त्रको फेशनले जित्दै गएको छ ।
१ श्रावण २०८०, सोमबार
१ श्रावण २०८०, सोमबार

बुटवल, १ साउन ।  बुटवलको देविनगरकी तुलसी भण्डारीको उमेर ६ दशक पुरा भयो । उनको पुरानो घर पाल्पाको रानीमहल नजिकै हो । उनलाई पछिल्लो समयमा आएका परिवर्तनहरू चित्त बुझेकै छैन । विकाससँगै समयले परिवर्तन ल्याए पनि पुराना कुराहरू हराउँदै जाँदा उनलाई चित्त नबुझेको हो ।

साउनको पहिलो दिन विहानै उठेर तुलसीको मठ नजिकै स–साना दाउरा प्रयोग गरेर भलायोको पातले छापेर तयार गरिएको कटेरोमा बेलुका ‘मेरो  लुतो लैजा’ भन्ने गरिएको दिन अहिले पुरानो पुस्ताको लागि एकादेशको कथा जस्तै भएको छ ।

तिलोत्तमानगरकी सिता थापा पनि उमेरका हिसाबले सात दशक पुरा गरिन । बिहान सुर्योदय अगाडि नै आफ्नो घरमा पुजा गरेको भलायोको पातमा कुरिलो राखेर घरको दलिन मुनि राखिदिएर पण्डित फर्किएका देखेकी सिताले लुतो फाल्नका लागि तिल, जौ, मास लगायत अन्य गेडागुडी अमिलो फलफूल राखेर पूजा गरेर बेलुुका आफ्नो घर नजिकैका समकक्षी साथीको नाम लिएर बलेको दाउरा हातमा लिएर ‘मेरो लुतो लैजा’ चिच्चाएर भन्ने गर्दा बेग्लै रमाईलोको अनुभूति हुन्थ्यो । तर त्यस्ता दिन अब कहिल्यै नफर्किने उनले भनिन् ।

त्यसै दिन बेलुका खाना खाई सके पछि हात, खुट्टामा घर वरिपरि उम्रेको तिउरी लगाउने प्रचलन थियो । यस्ता क्रियाकलाप बालकदेखि बृद्धसम्मले लुतो फाल्ने चलन थियो । हातमा तिउरी लगाउने यो बयस्क र बालबालिकाको बीचमा प्रतिस्पर्धा नै हुन्थ्यो ।
देविनगरकी शन्ति अर्याल आफू सानो उमेरको हुँदा गाउँ भरिका साथीहरू मिलेर तिउरीको पात खोजेर ठूलो ढुंगामा पिसेर लगाउँदा निकै रमाइलो हुने गरेको बताईन । उनले तिउरी हातमा गाढा होस भनेर जंगलमा पाइने मोहरकाचुली (अमिलो चीज) लगाएर गाभाको पातले छोप्दाको रमाईलो अनुभूति अब कहिल्यै नपाईने बताईन ।

उनी भन्छिन्–खासमा यो महिलालाई त्यसबेला असारको हिलो सकिएर चाडवाड शुरुको संकेतका रूपमा आफुहरूले लिने गरेको बताईन तर आजभोली नचाहिने संस्कृतिको विकास भएर हरियो कपडा हरियो चुरामा पछिल्लो पुस्ताका महिलाहरूले धेरै खर्च गरेको बताउछिन् । उनले पछिल्लो दश बाह्र वर्ष यता साउनमा हरियो चुरा र हरियो कपडाको प्रचलन आएको छ । तर यतिखेर बजामा सबै चुरा पसलहरू हरियो चुराले भरिभराउ छ । बच्चा देखि पाको उमेरका सबैले हरियो चुरा हरियो कपडा लगाउने चलन छ । तर यो धार्मिक र सास्कृतिक मुल्य र मान्यता अनुरूप नभएको उनको बुझाई छ । चुरा र हात भरी महेन्दीले लगाउने चलन आएको छ । यो हाम्रो संस्कार र सस्कृति भित्र पर्दन ।

धार्मिक मुल्य र मान्यता अनुरूप साउनको पहिलो दिन विहान कण्डारक ऋृषिको पुजा गर्ने बेलुका लुतो फाल्ने यसरी बलेको दाउरा फ्याक्दा वर्षायाममा फोहरका कारणले लाग्ने आउ, हैजा, विफर,लुतो खटिरा जस्ता महामारी जन्य रोग लाग्दैन भन्ने धार्मिक जनविश्वासका कारण लुतो फालिने चलन आएको संस्कृतिका जानकार भीमकान्त पन्थी बताउँछन् ।

धार्मिक मान्यता अनुसार साउनको महिनामा भगवान शिव जीको पुजा गर्ने चलन छ । तर भगवानको नाममा हरियो चुरा लगाउने होईन यो त पछि आएको सभ्यता र सँस्कृति हो । हाम्रो परम्परा र मान्यता अनुसार तिउरी लगाउने हो । यसको बैज्ञानिक महत्व र कारण फरक छ । वर्षयाममा खेतमा काम गर्दा हिलोले हात खुट्टा खाने हुदा यस्ता समस्याबाट जोगिन सहयोग गर्दछ । यहि कारणले तिउरी लगाउने चलन हो । तर आजभोली त्यसको विकल्पमा बजारमा पाईने मेहेन्दी लगाउने चलन छ । धार्मिक मान्यतालाई पछिल्लो पुस्ताले त्यसलाई तोडमोड गरिदिएको पन्थीको भनाई छ । नयाँ पुस्ताले पुराना संस्कृतिलाई छोड्दै सजिलोका लागि बिकृति नै ल्याए । जसले गर्दा अबको पुस्तालाई विगतको संस्कृति एकादेशको कथा जस्तै हुन्छ उनले भने ।

व्यवसायीहरू भने साउनको महिनामा मात्रै हरियो चुराको बिक्रि हुने गर्दछ अन्य समयमा अरू रंगको चुराको तुलनामा हरियो चुरा कमै बिक्रि हुने गरेको बताउँछन् । धार्मिक आस्था र विचार भन्दा चलन चल्तीका कारण भन्दा पछिल्लो समयमा पछिल्लो पुस्ताले सजिलोका लागि प्रयोग गर्ने गरेकाले बिक्रि बढेको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?