ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

स्थानीय सरकारको न्यायमा विश्वास बढ्दै

न्यायमा नागरिकको सरल र सहज पहुँच वृद्धिमा टेवा मात्र पुगेको छैन, यसबाट विवादका दुबै पक्षलाई जीत–जीतको अवस्था सुनिश्चित भइ न्यायप्रतीको विश्वास समेत बढेको पाइएको छ । छत्रेश्वरी गाउँपालिकाको न्यायिक समितिले तत्कालिन जनसरकार मार्फत भएको जग्गाको किनबेच/कारोबार सम्बन्धी विवादलाई पनि समाधान गरेको छ ।
३१ असार २०८०, आइतबार
३१ असार २०८०, आइतबार

सल्यान, ३१ असार ।   सल्यानको छत्रेश्वरी गाउँपालिकामा आ.व. २०५१/०५२ अघि देखिका विवाद समाधान भएका छन् । २०४८ र २०५१ सालमा जन्मिएर पनि जन्मदर्ता, नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेका व्यक्तिले पनि समझदारीमै, सौहार्दपूर्ण वातावरणमै प्रमाणपत्र प्राप्त गरेका छन् ।

संघीयता पश्चात दैलोको सरकार स्थानीय गाउँपालिकामा न्यायिक समिति गठन भएपछि यो संभव भएको हो । न्यायमा नागरिकको सरल र सहज पहुँच वृद्धिमा टेवा मात्र पुगेको छैन, यसबाट विवादका दुबै पक्षलाई जीत–जीतको अवस्था सुनिश्चित भइ न्यायप्रतिको सन्तुष्टि पनि बढेको पाइएको छ । छत्रेश्वरी गाउँपालिकाको न्यायिक समितिले तत्कालिन जनसरकार मार्फत भएको जग्गाको किनबेच/कारोबार सम्बन्धी विबादलाई पनि समाधान गरेको न्यायिक समिति संयोजक बुद्ध कुमारी खत्रीले जानकारी दिइन् ।

श्रीमान श्रीमती बीचको २०५२ सालअघि देखिको विवाद, घरेलु हिंसा सम्बन्धी विवाद, साँध सिमाना, ज्याला मजदुरी नदिएको लगायतका विवादहरू समाधान गरिएको उनको भनाइ छ । न्यायिक शाखाका अनुसार छत्रेश्वरीमा एक वर्षको अवधिमा ३२ वटा विवादका उजुरी दर्ता भएका छन् । स्थानीय तहको दोश्रो निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएयता २०७९ असार ३० गतेदेखि यो बर्षको असार १७ सम्म ३२ वटा उजुरी दर्ता भएको र यसमध्ये मेलमिलापको प्रक्रियाद्वारा १६ वटा विवाद समाधान भएको न्यायिक शाखाले जनाएको छ । ८ वटा विवाद समाधानकै प्रक्रियामा रहेको, एउटा विवाद कार्यपालिका बैठकमा पठाएर निरूपण गरिएको, एउटा विवाद खारेजी, एउटा तामेलीमा रहेको र ५ वटा उजुरी डिसमिस भएको न्यायिक समिति संयोजक खत्रीले जानकारी दिइन । कानुनी परिभाषा अनुसार निवेदक वा उजुरिकर्ताले तारेख गुजारेमा निवेदन अथवा उजुरी खारेज गरिने प्रक्रियालाई डिसमिस भनिन्छ ।

छत्रेश्वरी गाउँपालिकामा छुट्टै इजलास कक्षको प्रबन्ध छ । विवादका सम्बन्धित पक्षलाई मात्र छलफलमा सहभागिताको लागि अनुमति छ । विवादहरूको निरूपण गर्दा सम्भव भएसम्म मेलमिलापको माध्यमबाट समाधानको प्रोत्साहन गरिन्छ । मिलापत्र भैसकेपछि पनि निर्णय कार्यान्वयनको अवस्था कहाँ सम्म पुग्यो भनेर तीन÷चार दिन पछि दुबै पक्षलाई फोन सम्पर्क गरेर जानकारी लिने गरिएको संयोजक खत्रीको भनाइ छ ।
आफू गाउँपालिकामा विभिन्न १२ वटा समितिको संयोजक रहेकोमा सबै भन्दा बढी न्यायिक समितिबाट भएको कामको प्रगतिमा सन्तुष्ट रहेको उनले बताइन् । ‘छिटो, छरितो न्याय प्रदान गर्न सकेको जस्तो लाग्छ’, न्यायीक समिति संयोजक खत्रीले भनिन्,’ ‘दुबै पक्षका पिर, मर्का सुनेर बुझेर कानुनले तोकेको प्रक्रिया अबलम्बन गर्दै सकेसम्म मेलमिलापकै माध्यमबाट विवाद समाधान गर्ने गरेका छौं ।’

अहिले सम्मको काममा कतैबाट त्यस्तो असन्तुष्टि वा अविश्वास पैदा भएको छैन ।“ तर पर्याप्त ज्ञान र तालिमको अभाव न्यायिक समितिले महसुस गरेको छ । न्यायिक समितिका सबै सदस्यलाइ अभिमुखिकरण, न्याय र कानुनका मान्य सिद्धान्तको बारे आधारभुत तालिम आवश्यक रहेको संयोजक खत्रीले बताइन् ।

न्यायिक समितिलाइ अभिमुखिकरण, मेलमिलाप केन्द्र गठन, वडा स्तर सम्म नै कानुनी सचेतनाका कार्यक्रम अबको नया आर्थिक बर्षमा संचालन गर्नका लागि नीति, कार्यक्रम र केही बजेट पनि व्यवस्था भएको न्यायीक समितिले जनाएको छ । नागरिकको सामान्य जीवनयापनका क्रममा आइपर्ने विभिन्न आवश्यकताको परिपुर्ति गर्ने र समस्या तथा विवादको समाधान गर्ने पहिलो निकाय स्थानिय सरकार नै भएकाले न्यायीक समितिको महत्व र उपयोगिता धेरै छ । यसर्थ स्थानिय तहमा संचालन गरिने न्यायीक कार्यसम्पादन, सेवा प्रवाह तथा न्यायीक समिती संचालन सम्बन्धि प्रशिक्षण एवम् अभिमुखिकरण चलाउन जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?