ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म

रास्वपा रुपन्देहीमा विवादपछि कुटपिट : प्रहरीमा पुग्यो मुद्दा

३१ असार २०८०, आइतबार
३१ असार २०८०, आइतबार

बुटवल, ३१ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको छ ।

आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको सतहमा आएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना र्यापिट एक्शन टिम संयोजक दामोदर खत्रीले बिधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू बिरुद्ध कुटपिटको उजुरी दिएको गुनासो गरेका छन् ।

उनले शनिबार बुटवलको बेलबासमा पत्रकार सम्मेलन गरी पार्टीलाई बिधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली,क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरुको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको आरोप लगाएका छन् ।

पार्टी बिधानको धारा १३ (ङ)मा सरकारी विद्यालयमा पढाउने ब्यक्ति कुनै पनि पदमा नरहने ब्यवस्था रहेको भए पनि जिल्ला संयोजक ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफूमाथि कुटपिट भएको उनले बताए ।

प्रदेश उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मयार्दा बिपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको बिरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको उनले आरोप छ ।

गत बुधबार राती आफूलाई पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाई प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली र क्षेत्रीय सदस्य तिवारीको समूहले आगामी मंसिरमा हुने अधिवेशनमा नेतृत्व हत्याउन बिभिन्न खाले प्रलोभन देखाएको र आफूले बिधानको कुरा उठाउँदा बिवाद उत्पन्न भएपछि आफू बाहिर निस्किएको र पछि उनीहरु पनि बाहिर आएर आफूमाथि आक्रमण भएपछि आफूले प्रतिरक्षा मात्रै गरेको दावी उनले गरे ।

आफूमाथि कुटपिट भए पनि पार्टीभित्रको कुरा भनेर प्रहरीमा उजुरी नगरेको तर उनीहरुले उल्टै आफू बिरुद्ध उजुरी दिएको उनको भनाइ छ ।

भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई बिधान अनुसार चलाउनुपर्छ भन्दा उल्टै कारबाही गर्ने र स्थापनाकालदेखि निस्वार्थ रुपमा पार्टीमा लागेका ब्यक्तिलाई तँ सदस्नै होइनस् भनेर कुटपिटमा समेत उत्रिने नेतृत्व रहेसम्म संगठन बलियो हुन नसक्ने निस्कर्षकासाथ आफू आजैदेखि पार्टीमा नरहेको घोषणा उनले गरे ।

इप्रका बुटवलका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले मुद्दा दर्ताको माग गर्दै निवेदन आएको बताउँदै दुवै पक्षलाई आइतबार बोलाइएको जानकारी दिए ।

‘पार्टीका आन्तरिक विषयमा झगडा गरेको उहाँहरुको दुवै पक्षको भनाइबाट बुझ्न सकिन्छ, दुवै पक्षलाई भोलि बोलाइएको छ, एक पक्षले अर्को पक्षलाई आरोप लगाउने र मुद्दा दर्ता गर्न भनेको अवस्था हो, आइतबार छलफलपछि के गर्ने टुंगो लाग्ला’ उनले भने ।

रास्वपामा रुपन्देही संयोजक प्रकाश ज्ञवालीले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरुलाई निराधार आरोप लगाउने दामोदर खत्री कुनै जिम्मेवारीमा नरहेका र पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएपछि साधारण सदस्यबाट हटाइसकेको बताए ।

’उनी कुनै जिम्मेवारीमा थिएनन्, आफै सैनामैनाको संयोजक भनेर घोषणा गरेका रहेछन्, अहिले उनी साधारण सदस्य पनि छैनन्, त्यस्ता व्यक्तिले लगाएको आरोप निराधार हो, उनले पार्टीका साथीहरुमाथि हातपात गरेपछि हामीले इप्रकामा मुद्दा दर्ता गराएका हौं, अब त्यसको जवाफ त्यही आउला’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?