ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण
सम्पादकीय

रोजगार कार्यक्रम असफल नहोस्

३१ असार २०८०, आइतबार
३१ असार २०८०, आइतबार

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले बेरोजगारलाई रोजगारी दिने भन्दै चार वर्षअघि घोषणा गरेको रोजगार कार्यक्रमलाई अहिले असफल वनाउने प्रयास भैरहेको छ । स्थानीय पालिकामार्फत बेरोजगार पहिचान गरि उपलब्ध गराउने भनिएको एक सय दिन बराबरको रोजगारी कार्यक्रमप्रति सरकारको वेवास्ता रहँदै आएको छ ।

खासगरी तत्कालीन नेकपा सरकारले उक्त कार्यक्रम घोषणा गरेको थियो । उक्त कार्यक्रममा सुरूमा बेरोजगार युवाहको आकर्षण थियो तर विस्तारै अहिले सरकार आफैले यो कार्यक्रमलाई समयमा बजेट नपठाउने र पठाएपनि ढिलो गरेका कारण कार्यक्रम निष्प्रभावी बन्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपालको संविधानले हरेक नागरिकलाई रोजगारीसंग जोडने घोषणा गरेको छ तर सरकारले अहिले संविधानको बर्खिलाप कार्यक्रमलाई असफल बनाउने प्रयास भैरहेको छ । स्वदेशमै न्यूनतम रोजगारी दिने र रोजगारी दिन नसकेमा निर्वाह भत्ता उपलब्ध गराउने भन्दै घोषणा गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ पनि घोषणामै सीमित भएको छ ।

कार्यक्रम सुरु नहुँदै यो नारा असफल भएको छ । त्यसो त कार्यक्रमले जनतालाई ललिपप दिने काम मात्रै गरेको र जनतालाई गुमराहमा पार्न यसमा बजेट राखिएको भन्दै आलोचना पनि भएको थियो । तर, जो वास्तविक रूपमै बेरोजगार छन उनीहरूलाई सय दिनको रोजगारीले आर्थिक रूपमा केही न केही लाभ दिएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रम हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । यो कार्यक्रमलाई कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाएको आरोप लाग्दै आएको थियो ।

रोजगारीको हक सम्बन्धी ऐन २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारको पहिचान र सूचीकरण गर्ने तथा रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गराउने व्यवस्था छ । तर संघीय सरकारले अहिले बजेट समयमा नपठाउने र कार्यक्रमका बिषयमा अनावश्यक विवाद निकाल्दा समस्या उत्पन्न भएको छ ।

उक्त ऐनलाई केन्द्र सरकारले वेवास्ता गर्दा न त देशभर रहेका बेरोजगार युवाहरूको यकिन तथ्याँक सार्वजनिक भएको छ न त युवालाई रोजगारीको ग्यारेण्टी नै गरियो । घोषित कार्यक्रम अनुसार सरकारले वैदेशिक रोजगारीमा नगएका, घरमा एक जना पनि रोजगारी नपाएका र निरपेक्ष गरिबीको सूचीमा रहेका परिवारका एक जना सदस्यलाई वर्षको कम्तीमा एक सय दिन रोजगारी दिने व्यवस्था थियो । तर यो कार्यक्रम लागू नहुँदै विवादमा पार्ने काम भयो । कार्यक्रममार्फत आफ्ना आसेपासेलाई रोजगारी दिएको भनी कार्यक्रमको व्यापक आलोचना त भयो तर कार्यक्रमलाई सुधार गरेर नयाँ रूपमा लागू गर्नेतर्फ सरकारको ध्यान गएन । जसका कारण यो कार्यक्रम बिलखबन्दमा परेको छ ।

बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गर्न नसके सरकारले हरेक बेरोजगार परिवारलाई एकजना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिनुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख भएपनि अहिले उक्त व्यवस्थाकै खिल्ली उडाइएको छ । सरकारले चाहने हो भने बेरोजगारलाई रोजगारीमा जोड्ने यो कार्यक्रमले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ ।

अझैपनि समय छ । अहिले स्थानीय पालिकाहरूले बेरोजगारको सूची बनाउने तयारी गरिरहँदा निष्पक्ष ढंगले कार्यक्रमलाई निरन्तरता प्रदान गरियोस् । अवसरबाट बञ्चित भएका युवाहरूको अधिकारको ग्यारेन्टी गर्नेतर्फ सरकारको प्रतिवद्धता आओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?