Butwal Today

सरकारले गर्‍यो ६ देशका लागि राजदूत सिफारिस

३० असार २०८०, शनिबार
अ+
अ-

काठमाडौँ ।

सरकारले राजदूतविहीन सात देशमध्ये ६ वटाका लागि राजदूत सिफारिस गरेको छ। परराष्ट्रका ६ सहसचिवलाई राजदूतमा सिफारिस गरिएको हो। जसअनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराई राजदूतमा सिफारिस भएका छन्।

यसैगरी थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ। अब क्यानडाका लागि राजदूत सिफारिस हुन बाँकी छ।