ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

रगतको सहजताको लागि सामुदायिक ब्लड बैंक

स्वयंसेवीहरुको अगुवाईमा लुम्बिनी सामुदायिक रक्तसंचार केन्द्र संचालनको अन्तिम तयारीमा रहेको छ
३० असार २०८०, शनिबार
३० असार २०८०, शनिबार

बुटवल, ३० असार ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको ११ औ साधारण सभा तथा चौथौ अधिवेशनबाट कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको छ । जसको उपाध्यक्षमा उदयराज भट्टराई, महासचिवमा प्रशन्न श्रेष्ठ, सचिवमा अर्जुन प्रसाद पौडेल, कोषाध्यक्षमा तुल्सा न्यौपाने सिह, सहकोषाध्यक्षमा दिपेन्द्र भण्डारी, सदस्यहरुमा हरि प्रसाद ज्ञवाली, जानकी नेपाल, भगवती अर्याल, कमल बहादुर थापा, गोविन्द भुषाल, यादव गिरी, अलाउदिन अली रहेका छन् । नवनिर्वाचित अध्यक्ष चौहानले रक्तदाताहरुको ब्यवस्थापनमा यस क्षेत्रमा पहिलो सामुदायिकस्तरको लुम्बिनी सामुदायिक रक्तसंचार केन्द्र संचालन ल्याउने अन्तिम तयारीमा रहेको बताए । सर्वसाधारणलाई रगत सहज उपलब्धताका लागि केन्द्र उपयोगी हुने उनले बताए । सामुदायिक ब्लड बैकमा ७२५ रुपैयाँ भन्दा बढी नलिईने उनले बताए । सामुदायिक स्तरमा रक्तदान अभियानलाई समेत अघि बढाउने उनले बताए । आफ्नो ३ वर्षे कार्यकालमा बन्द हडताल देखि कुनै किसिमको बिरोधबाट रक्तदान कार्यक्रम नरोकिएको बताए ।

कार्यक्रमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उदघाटन गर्दै युवाहरुको अभियानबाट कुनै यज्ञ र धर्मभन्दा पनि पुण्य काम भएको बताए । धेरै मानिसहरु सामाजिक भन्दा पनि बढी ब्यक्तिगत लाभमा प्रेरित भईरहेको बेला युवाहरुबाट नमुना अभियान चलाईएको दाबी गरे । पालिकाबाट निरन्तर सहयोग गर्ने प्रतिवद्घता जनाउँदै उनले अस्पतालकै कम्पाउण्डभित्र नै ब्लड बैक स्थापनामा जोड दिनुपर्ने बताए । समयसापेक्ष प्रविधिको प्रयोगको मागलाई ध्यान दिएर स्वास्थ्यको क्षेत्रमा बुटवलले अगाडि फड्को मार्नुपर्ने बताए । बुटवलका ३ सय वटै टोलहरुमा समन्वय गरी अघि बढ्न समेत आवश्यक पहल गर्ने उनले प्रतिवद्घता जनाए ।

कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले रक्तदातालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए । आफ्नो समयमा रक्तदाताहरुप्रति उच्च आदर र सम्मान राखिने गरेको भन्दै पछिल्लो समय सामाजिक भावनाप्रति कमजोर बनेको दुःखेसो गरे ।

कार्यक्रममा आम्दा बाल तथा महिला अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बश्यालले बिरामीलाई रगत अभावमा ज्यान जोखिममा पर्ने उदाहरण दिदै समाजबाट निरन्तर सहयोग मिलेको बताए । मानिसको शरीरमा रगत हुन्छ तर रगत अभाव रहेको बेला रगत उपलब्ध हुने वातावरण सृजना गर्ने काम समाजबाट धेरै महत्वपूर्ण कार्य भएको उनले बताए । चिकित्सकलाई आफ्नो कर्म गर्न प्रोत्साहन दिदै ज्यान जोखिममा रहेको बिरामीप्रतिको मानवताको कार्य भएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सदस्य बेन बहादुर पौडेल क्षेत्रीले सरकारबाट बजेट बिनियोजन गरिएको हुँदा सरकारी र सामुदायिक अस्पतालमा निःशुल्क रगतको ब्यवस्था भएको बताए । नेपालमा ३२ सय चिकित्सकहरुको दरबन्दी विगत ३० वर्षदेखी यथावत छ । निजी क्षेत्रमा ठूलो उपचारमा जाने बिरामीहरुको संख्या रहेको हुँदा यसमा सरकारको ध्यान जानुपर्ने उनले बताए । वि.सं २०४६ सालमा स्थापना भएको ब्लड बैकको ईतिहास रहेको भन्दै उनले स्थाई संरचनालाई हटाउन नहुने बताए ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ केन्द्रीय अध्यक्ष दया बहादुर सिलवाल, नेपाल औषधि ब्यवसायी संघ रुपन्देहीका महासचिव नारायण थापा, मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाका कृष्ण प्रसाद भट्टराई, बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका अध्यक्ष तुल्सीराम न्यौपाने, समाजका महासचिव उदयराज भट्टराईले रक्तदानको अभियानलाई अगाडि बढाउने अभियान्ताको सही सम्मान र सम्झना आजको आवश्यकता रहेको बताए । रक्तदाताहरु एक भएर सामाजिक कार्यमा लाग्नुपर्ने उनले सुझाव दिए । सरकारबाट गरिनुपर्ने कार्यमा युवाहरु स्वयंसेवी भावनाका साथ लागेको भन्दै उनले सहजीकरणको आवश्यकता रहेको बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्य स्वर्गीय अनिस श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट स्वस्तिक श्रेष्ठलाई प्रदान गरिएको छ । जिल्लाका रगत र रक्त तत्व संकलन गरि सामाजिक कार्यमा उत्कृष्ट योगदान दिने तिलोत्तमा शाखा, आजिवन सदस्यहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?