ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

रोपाइँको चटारोमा, छैनन् किसानका हलो र गोरु

२९ असार २०८०, शुक्रबार
२९ असार २०८०, शुक्रबार

चन्द्रौटा, २९ असार ।  बर्खाको बेला रिमझिम पानी परिरहेको बखत किसानलाई रोपाईको चटारो लाग्ने गर्दछ । अधिकांश किसानहरू आ–आफ्ना तरिकाले खेति स्याहार्न व्यस्त रहेका हुन्छन् । कोही कृषक आधुनिक प्रविधिले त कोही परम्परागत शैलीमा ।

पछिल्लो केही समय यता आधुनिक प्रविधिले छिटो, छरितो र सहजता प्रदान भएकोले प्रविधि प्रयोग गरेर आधुनिक तरिकाले खेतिपाती गर्नुलाई स्वाभाविक रुपमा लिन सकिन्छ । खेतिपातीको सिजन सुरु भएसँगै विशेषगरी गाउँघरमा एकाबिहानै झिसमिसमा काँधमा हलो, गोरु र हातमा कोदालोसँगै किसान खेतबारीमा देखिन्थे । तर अहिले त्यस्ता तस्बिर बिरलै देखिन्छन् ।

प्राविधिक युग भित्रिएकाले आधुनिक कृषि प्रणालीले परम्परागत हलो गोरु विस्थापित हँदै गएका छन् । प्रविधिको बढ्दो प्रयोगसँगै गाउँघरमा गोरु पाल्नै छाडिएको छ । घण्टौ लाग्ने काम प्रविधिको प्रयोगले मिनेटमै हुँदा किसानको आकर्षण प्रविधिमा बढ्दो छ ।

कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर–१, भेलाईका राम बहादुर थारु लामो समयदेखि कृषि पेशामा आबद्ध छन् । भेलाईमा उनको १२ बिग्हा जमिन छ । उनी खेतीपातीका लागि खेत जोत्न गोरुको प्रयोग गर्न छाडेको वर्षौ भइसक्यो । खेत जोत्नका लागि उनी ट्याक्टरको प्रयोग गर्ने गरेको बताउँछन् । विगतमा महिनाँै लगाएर खेत जोत्ने र रोपाई गर्ने उनी अहिले १ सातामै सक्ने गरेका छन् ।

उनले भने —‘पहिले गोरुले खेत जोत्थें, अहिले ट्याक्टर छ, खेतीपाती गर्नका लागि अहिले प्रविधिको प्रयोग बढेको छ ।’, थारुले थपे–‘पहिले–पहिले परम्परागत तरिकाले खेती गर्थौँ, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो, अहिले कृषि यन्त्र उपकरणको प्रयोगले खेती गर्दछौँ, यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।’ गोरु पालन तथा गाउँका खेतबारी जोत्ने व्यक्तिको अभाव हुने गरेको छ । समयानुकूल विभिन्न प्रविधिको विकास भएसँगै परम्परागत पेशा थालेको छ ।

प्रविधिको बढ्दो प्रयोगले गाउँघरमा गोरूपालन गर्ने चलन छैन । परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोपिन थालिएपछि गोरुपालन गर्न किसानले छाडेका स्थानिय किसानहरू बताउँछन् । कृषि कर्ममा प्रयोग हुने नयाँ–नयाँ यन्त्र, उपकरणका कारण परम्परागत शैलीलाई प्रविधिले विस्थापित गरेको छ । कृषि र अन्य क्षेत्रमा विभिन्न यान्त्रिकीकरणको प्रयोग हुन थालेपछि ज्यालादारीमा काम गरेर जीवन निर्वाह गर्ने सयौँ श्रमिक, मजदुरहरूको आम्दानीको स्रोत नै गुम्दा मजदुर विस्थापित हुन पुगेका छन् ।

विगतका वर्षमा जस्तो असार लागेपछि खेत जोत्ने चटारो अहिले किसानमा छैन । हलो गोरुको ठाउँमा विभिन्न मेसिनरी प्रविधिको प्रयोगमा आएपछि असार लागेपनि विगतका वर्षमा जस्तो पछिल्ला वर्षमा चटारो हुन छाडेको शिवराज नगरपालिका वडा नम्बर–११ का आनन्द यादव बताउँछन् । युवा जनशक्ति अध्ययन, रोजगार, विभिन्न पेशा, व्यवसाय तथा विविध कामको सिलसिलामा गाउँदेखि शहरलगायत शैक्षिक तथा वैदेशिक रोजगारीको सिलसिलामा विदेशिने क्रम बढी रहँदा मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा प्रविधिले टेवा पुगेको उनले बताए ।

एक हल गोरुले दिनभर गर्ने काम पावर टिलर, मिनिटिलर, ट्रयाक्टरबाट छोटो समयमा सम्पन्न हुने हँुदा यस प्रति कृषकहरूको आकर्षण बढेको छ । आकाशे पानी परेको भरमा धान रोप्नुपर्ने भएकाले एक दशक यता गोरुले खेत जोत्न छाडिएका स्थानीय रामशरण दर्लामी बताउँछन् । गोरुले रोपाइँ गर्दा एक हप्ता दश दिन अघिदेखि हल, खेतालाको बन्दोबस्त गर्न पर्दथ्यो, अहिल भने सजिलो भएकोसमेत उनको भनाई छ । ‘कम समयमै सहजै खेतीपाती गर्न सकिन्छ, अहिले गाउँमा अधिकांश कृषि यन्त्रको प्रयोग गरेर खेतीपाती गर्छन् ।’—दर्लामीले भने, ‘यसले समयको बचत गरेको छ, उत्पादन पनि बढेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?